Nepali News Portal

बादबिवाद कार्यक्रम सम्पन्न

बुटवल ।
एम्स कलेज बुटवल र स्कलर्सहोम बोर्डिङ्ग स्कुलको संयुक्त आयोजनामा बाद बिवाद प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएको छ । युवा बिद्यार्थीहरुमा उद्द्यमशिलताको सोच विकाश होस भन्ने उद्देश्यले जागिरे भन्दा उद्द्यमशिला हुनु बेस भन्ने विषयमाबाद बिवाद प्रतियोगीता भएको हो ।

अहिलेको समयमा धेरै विद्द्यार्थिहरु जागिरको लागी विदेश मात्र जाने मानसिकतामा रहिरहेको समयमा बिधाथीृको मानसिकतामा उद्यमशिलताको भाव सिन्चित गर्न यस प्रकारको कार्यक्रम गरिएको क्याम्पस प्रमुख दीपक ढकालले जानकारी गराउनु भयो ।

कार्यक्रममा स्कलर्स होमका होमका प्राचार्य बाबुराम बन्जाडेले उद्यमशिलतासंगै अघी बढ्न बिद्यार्थीहरुलाई उत्प्रेरित गर्दै आफूले लिएको ज्ञान सिपलाई देशमै लगानी गर्नुपर्नेमा जोड दिनुभयो । प्रमुख अथिती रुपन्देही उद्योग संघ का अध्यक्ष दिलिप सापकोटाले बिद्यार्थीहरुलाई जागिरे मानसिकता त्यागेर उद्यमशिलतातर्फ तर्फ अग्रसर हुन आग्रह गर्नु भयो । त्यसका लागी सहयोग र सहकार्य गर्न संघ सधै तत्पर रहने बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा नेपाल प्याब्सनका केन्द्रीय सदस्य बाला कृष्ण तिवारी , देउ प्रकाश राई लगायतले बोल्नुभएको थियो ।
पक्ष र विपक्षमा सहभागी २० जना विद्यार्थिहरुले आ आफ्ना तर्क र विचारहरु प्रस्तुत गरेका थिए जसमा कक्षा १२ का केशव भण्डारी कक्षा ११ का राजन केसि, कक्षा ११ कि भावना बुढा मगर र बिबिएस दोश्रो बर्षका सुष्मा चौधरिले क्रमश प्रथम, द्वितिय, तृतिय र सान्त्वना स्थान हासिल गरेका थिए ।

प्राध्यापकहरु लोक बहादुर पौडेल, सुरज शाक्य र अन्किता थापाले निर्णायकको भूमिका रहेको उक्त कार्यक्रम दिपक ढकालको स्वागत मन्तब्य तथा प्राध्यापक गोविन्द शर्मा बस्यालको संचालनमा सम्पन्न भएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.