Nepali News Portal

बढ्याे चिसो, बुटवलका विद्यालय १४ गतेसम्म बिदा

बढ्याे चिसो, बुटवलका विद्यालय १४ गतेसम्म बिदा
बुटवल । चिसो बढेपछि बुटवल उपमहानगरपालिकाले बुटवलका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा १४ पुससम्म जाडो बिदा दिएको छ।
उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुधबार जारी गरेको सूचनामा केही दिनदेखि बाक्लो हुस्सु र शीतलहरसँगै अत्यधिक चिसो बढेकाले विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै  बिदा दिएको उल्लेख छ।
उहाँका अनुसार वार्षिक बिदाबाट कट्टी हुने गरी यही पुस ११, १३ र १४ गरी तीन दिन विद्यालय बन्द गरिएको हो ।

You might also like
Leave A Reply

Your email address will not be published.