Nepali News Portal

गुल्मेली सम्पर्क समाजद्वारा क्यान्सर परीक्षण तथा सचेतना शिविर गरिदै

संकेत तस्वीर ।

बुटवल । गुल्मेली सम्पर्क समाज रुपन्देहीले क्यान्सर परीक्षण तथा सचेतना शिविर संचालन गर्ने भएको छ ।
नेपाल क्यान्सर अस्पताल एवम् नेपाल क्यान्सर सपोर्ट ग्रुपको समन्वय तथा सहकार्यमा पुस १२ गते सनिवार उक्त शिबिर गर्न लागेको हो । समाजका अध्यक्ष डा. नारायणप्रसाद पन्थले नेपालमा क्यान्सर रोगीको संख्या थपिदै गएको अवस्थामा क्यान्सर रोग लाग्न नदिन अपनाईने साबधानीको बारेमा जानकारी दिन र निशुल्क स्क्रिनिङ सेवा सहित शिबिर संचालन गर्न लागिएको जानकारी दिनु भयो ।
समाजको पुस २ गते बसेको सचिवालयको बैठकले रुपन्देहीको शंकरनगर – १ , ड्राइभरटोलमा अवस्थित होराइजन गौतमबुद्ध स्कुल सभाहलमा बृहत् स्वास्थ शिबिर संचालन गर्ने निर्णय गरिएको समाजका महासचिव राजेन्द्र कुँवरले जानकारी दिन भयो । जसको लागि समाजका उपाध्यक्ष हेम थापालाई कार्यक्रम संयोजकको जिम्मेवारी तोकिएको छ । बिहीबार ८ बजेदेखि सुरु हुने उक्त स्वास्थ शिबिरबाट प्रत्यक्ष लाभ लिन सम्पुर्ण सदस्य तथा जनसमुदायलाई समाजले अनुरोध समेत गरेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.