Nepali News Portal

चिसोले तराईको जनजीवन प्रभावित

चिसोले तराईको जनजीवन प्रभावित
बुटवल । दुई दिन देखि लागेको हुस्सुका कारण तराईको जनजीवन प्रभाबित भएको छ  ।  देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका तराई भूभागमा तापक्रम हल्का घट्ने तथा हुस्सु लाग्ने सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ ।
हाल देशको पहाडी र हिमाली भूभागमा आंशिक बदली रही तराई भूभागमा मा हुस्सु लागेको छ ।
आज दिउँसो देशभर आंशिक बदली रहने छ । राति पनि देशभर आंशिक बदली रहने महाशाखाको भनाइ छ ।

You might also like
Leave A Reply

Your email address will not be published.