Nepali News Portal

स्वदेशमै सबैको भविष्य सुनिश्चित गर्नुपर्छ : साम्पाङ

स्वदेशमै सबैको भविष्य सुनिश्चित गर्नुपर्छ : साम्पाङ
बुटवल । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमै श्रम गर्ने संस्कारको विकास गर्न जरुरी
स्वदेशमै सबैको भविष्य सुनिश्चित गर्नुपर्छ : साम्पाङ
बुटवल । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमै श्रम गर्ने संस्कारको विकास गर्न जरुरी रहेको बताउनु भएको छ । देशमा श्रम गर्ने बानी हराउँदै जादा देश धेरै पछाडि परेको बताउनुहुँदै उहाँले स्वदेश मै सबैको भबिस्य सुनिश्चित हुनु पर्नेमा जोड दिनु भयो ।
शनिबार बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले श्रम संस्कृतिको माध्यमबाट सोचाइमा परिवर्तन ल्याउन आफुले चाहेको बताउनु भयो । “युवाको मनोविज्ञान र सामाजिक चेतनामा सुधार आवश्यक छ ।” उहाँले भन्नुभयो – ‘नेपालीहरू देशमा काम गर्न लजाउँछन्, किनभने देशमा काम गर्ने संस्कृति छैन ।”
देशका प्रमुख शहरहरुमा पार्टीको सभा गर्दै हिड्नु भएका धरानका मेयर समेत रहनु भएका साम्पाङलाई समर्थकहरुले बुटवलमा स्वागत गरेका थिए । बुटवलको ट्राफिक चोकमा आयोजना गरिएको सभा हुनु अघि र्याली समेत निकालिएको थियो ।
अर्को उपाध्यक्षलाई पनि कारबाही
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष डा मित्र परियारलाई कारबाही गर्नु भएको छ ।
बुटवलमा भएको कार्यक्रममा उपाध्यक्ष परियारले आयोजकप्रति गरेको व्यवहारका कारण कारबाही गरिएको साम्पाङले सामाजिक सञ्जालमार्फत जानकारी गराउनु भएको छ ।
`श्रम संस्कृतिमा कोही सानो कोही ठुलो हुँदैन । आज उपाध्यक्षले बुटवलका आयोजकलाई गरेको अपमान र सहसंयोजकलाई बोलेको अपमानजन्य बोलिका कारण आचारसंहिता उलङ्घन भएकोले नसच्चिएसम्म कार्यवाही गरिएको जानकारी गराउँदछु,´ सम्पाङले सामाजिक सञ्जालमा लेख्नु भएको छ। उद्घोषकले सम्बोधनका लागि आग्रह गरे बोल्न पुगेका परियारले आयोजकको व्यवहार ठीक नभएको प्रतिक्रिया दिनुभएको थियो । यसअघि यो पार्टीका अर्का अध्यक्ष कारबाहीमा परिसक्नु भएको छ ।विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ पर्नु भएका राजकुमार तामाङ (देवराज लामा) लाई कारबाही गरेको थियो । बताउनु भएको छ । देशमा श्रम गर्ने बानी हराउँदै जादा देश धेरै पछाडि परेको बताउनुहुँदै उहाँले स्वदेश मै सबैको भबिस्य सुनिश्चित हुनु पर्नेमा जोड दिनु भयो ।
शनिबार बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले श्रम संस्कृतिको माध्यमबाट सोचाइमा परिवर्तन ल्याउन आफुले चाहेको बताउनु भयो । “युवाको मनोविज्ञान र सामाजिक चेतनामा सुधार आवश्यक छ ।” उहाँले भन्नुभयो – ‘नेपालीहरू देशमा काम गर्न लजाउँछन्, किनभने देशमा काम गर्ने संस्कृति छैन ।”
देशका प्रमुख शहरहरुमा पार्टीको सभा गर्दै हिड्नु भएका धरानका मेयर समेत रहनु भएका साम्पाङलाई समर्थकहरुले बुटवलमा स्वागत गरेका थिए । बुटवलको ट्राफिक चोकमा आयोजना गरिएको सभा हुनु अघि र्याली समेत निकालिएको थियो ।
अर्को उपाध्यक्षलाई पनि कारबाही
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष डा मित्र परियारलाई कारबाही गर्नु भएको छ ।
बुटवलमा भएको कार्यक्रममा उपाध्यक्ष परियारले आयोजकप्रति गरेको व्यवहारका कारण कारबाही गरिएको साम्पाङले सामाजिक सञ्जालमार्फत जानकारी गराउनु भएको छ ।
`श्रम संस्कृतिमा कोही सानो कोही ठुलो हुँदैन । आज उपाध्यक्षले बुटवलका आयोजकलाई गरेको अपमान र सहसंयोजकलाई बोलेको अपमानजन्य बोलिका कारण आचारसंहिता उलङ्घन भएकोले नसच्चिएसम्म कार्यवाही गरिएको जानकारी गराउँदछु,´ सम्पाङले सामाजिक सञ्जालमा लेख्नु भएको छ। उद्घोषकले सम्बोधनका लागि आग्रह गरे बोल्न पुगेका परियारले आयोजकको व्यवहार ठीक नभएको प्रतिक्रिया दिनुभएको थियो । यसअघि यो पार्टीका अर्का अध्यक्ष कारबाहीमा परिसक्नु भएको छ ।विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ पर्नु भएका राजकुमार तामाङ (देवराज लामा) लाई कारबाही गरेको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.