बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा तत्कालीन गोर्खा मिडिया प्रालीका प्रबन्ध निर्देशक रवि लामिछाने रिहा हुनु भएको छ ।
पूर्वगृहमन्त्रीसमेत रहनु भएका लामिछाने जिल्ला अदालत भैरहवा रूपन्देहीमा शुक्रबार साँझ आफैँ उपस्थित भएर कागज गरी थुनामुक्त हुनु भएको हो ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका सभापति लामिछानेलाई बिहीवार उच्च अदालत बुटवल तुलसीपुर इजालसका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले विभिन्न सर्तहरुसहित थुनामुक्त गर्न आदेश दिएको थियो।
जिल्ला अदालतको साउन २६ को आदेश बदर गर्दै बिगोबराबरको बैंक जमानत लिएर सर्तसहित थुनामुक्त गर्न आदेश दिइएको छ। उच्च अदालतको आदेशको सक्कल मिसिल जिल्ला अदालतमा ल्याएर उच्चको आदेशबमोजिमको बिगोको ग्यारेन्टी र पछि अदालतबाट फैसला हुँदा बिगोको हकमा थप दायित्व सिर्जना गरेमा तिर्न बुझाउ मञ्जुर भए सोको कागज गराई थुनामुक्त गरिएको जिल्ला अदातल रुपन्देहीका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनु भयो ।
अदालतको आदेशअनुसार लामिछानेले यसअघि बुझाएको १ करोड धरौटी उच्च अदालतले स्वीकार गरेको छ भने हाल भएको आदेशको २ करोड ७४ लाख समेत गरेर जम्मा ३ करोड ७४ लाख ८४ हजार रुपैया धरौटी बुझाएपछि लामिछाने थुनामुक्त हुनु भयो ।
त्यसपछि सिर्जना हुने दायित्व पनि रवि लामिछाने तिर्न तयार हुनुपर्ने सर्त र रवि लामिछाने विदेश यात्रा गर्नु पर्ने भएमा त्यसको पूर्वजानकारी अदालतलाई दिनुपर्ने पनि अदालतले आदेश छ।
उच्च अदालत बुटवल इजलासकै २०८१ चैत २२ को आदेशले लामिछाने पक्राउ परेका थिए। काठमाडौंबाट पक्राउ परेका उनलाई सुरुमा जिल्ला कारागार भैरहवामा राखिएको थियो। अहिले लामिछाने ललितपुरको नख्खु कारागारमा हुनुहुन्थ्यो ।
विहानै काठमाडौंबाट गौतमबुद्ध विमानस्थल भैरहवा आउने बताइएपनि मौषम खराव भएको हुँदा उनी भरतपुर हुँदै स्थलमार्गबाट भैरहवा आउनु भएको हो। बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई रिहा गर्न अदालतले हिजो आदेश दिएको थियो। उच्च अदालत, बुटवल इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गर्दा उनिसँगै प्रतिवादी बनेका पूर्वडीआईजी तथा गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी भने थुनामै हुनुहुन्छ।
न्याय पाउन बाकी छ: लामिछाने
भैरहवा जिल्ला अदालत परिसरमा जम्मा भएका कर्याकर्तालाई संक्षिप्त सम्बोधन गर्दै सभापति लामीछानेले अझै न्याय पाई नसकेको बताउदै न्याय पाएपछी धेरै कुरा गर्ने बताउनु भयो । उहाँले भन्नू भयो- “यिनीहरुले यो देश माथि गरेको अन्यायको अगाडी म माथि गरेको अन्याय केहि पनि होइन । यो सबको हिसाब गर्नुछ । त्यसको हिसाब मिलाएपछि अलि लामो बोलौला म आज म यति मात्र भन्छु कि हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ ।” उहाँले देशले चाडै न्याय पाउने बताउनु भयो । “मैले बोल्ने समय आउँदै छ । केहि समय धैर्य गर्नुहोला । मैले धेरै कुरा भन्न बाँकी छ ।” उहाँले भन्नुभयो -“आशा गर्छु यो देशले चाडै न्याय पाउनेछ,सबैको जय होस ।”
यिनीहरुले यो देश माथि गरेको अन्यायको अगाडी म माथि गरेको अन्याय केहि पनि होइन । यो सबको हिसाब गर्नुछ । त्यसको हिसाब मिलाएपछि अलि लामो बोलौला म आज म यति मात्र भन्छु कि हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ ।” उहाँले देशले चाडै न्याय पाउने बताउनु भयो । “मैले बोल्ने समय आउँदै छ । केहि समय धैर्य गर्नुहोला । मैले धेरै कुरा भन्न बाँकी छ ।” उहाँले भन्नुभयो -“आशा गर्छु यो देशले चाडै न्याय पाउनेछ,सबैको जय होस ।”
पुन: जिम्मेवारीमा फर्किने
राष्ट्रिय स्वतन्त्र पार्टीका(रास्वपा) सभापति रवि लामिछाने थुनामुक्त भएसँगैपार्टीको मूल जिम्मेवारीमा फर्किने हुनु भएको छ ।
स्वपाका कार्यवाहक पार्टी सभापति डोल प्रसाद अर्यालले एक प्रेस विज्ञप्ति जारी गर्दै लामिछाने थुनामुक्त भएसँगै सभापतिको जिम्मेवारीमा फर्कने जानकारी गराउनु भयो ।
यस्तै, रास्वपाले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशप्रति सम्मान व्यक्त गरेको छ। विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति रास्वपा सदैव प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।