बुटवल । प्रेस काउन्सिल नेपालले पत्रकारहरुलाई आचारसंहिता पूर्णरुपले पालना गर्न आग्रह गरेको छ । सामाजिक संजाललाई नियमन गर्न आवश्यकता औंल्याईएको अवस्थामा पत्रकार आचारसहिंतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न काउन्सिलका पदाधिकारीहरुले जोड दिनुभएको हो । “पत्रकारितालाई स्वच्छ, निष्पक्ष, मर्यादित र जिम्मेवार बनाउन पत्रकार आचारसंहिता पुर्ण रुपमा कार्यान्वयन हुनै पर्छ ।” नेपाल पत्रकार महासंघको संयोजन र प्रेस काउन्सिल नेपालको आयोजनामा शनिबार बुटवलमा आयोजित पत्रकार आचारसंहिता जागरण कार्यक्रममा काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्यले भन्नुभयो- ” यसले पेशागत मर्यादा र निष्ठालाईलाई जोगाउछ ।” उहाँले समयानुकूल आचारसंहिता संसोधन गर्न आवश्यक रहेको बताउनुहुदै सामाजिक संजालहरुको नियमन जरुरी रहेको बताउनु भयो ।
अध्यक्ष डा. शर्मा आचार्यले कपिराईटको सवालमा पत्रकारहरुलाई सजक र सचेत रहन ध्यानाकर्षण समेत गराउनु भयो ।
प्रेस काउन्सिल नेपालका सदस्य शान्ताराम विडारीले पत्रकार र पत्रकारितालाई बचाउन काउन्सिल सदैव सकारात्मक रहेको बताउनुहुँदै पत्रकारिता क्षेत्रको चुनौतीको विषयमा आफू जानकार रहेको बताउनु भयो । ” यो पेशा चुनौतीपूर्ण छ यसलाई मर्यादित बनाउन आचारसिंहता पालना गर्नै पर्ने हुन्छ ।”
प्रेस काउन्सिल नेपालका सहप्रशासकीय अधिकृत रामशरण बोहोराले आचारसहिंता उलंघनका २ सय ८० वटा उजुरी काउन्सिलमा दर्ता भएको जानकारी गराए । उहाँले उजुरीको आधारमा मात्र सिमित नभई काउन्सिलले स्वअनुगमनलाई समेत प्राथमिकता दिएको बताउनु भयो । उहाँले आचारसहिंता उलंघन गर्नेहरुलाई गल्ती सच्चाएर आफ्नो पेशाप्रति जवाफदेही भएर काम गर्न सुझाब दिनु भयो ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोखरेलले पत्रकार आचारसहिंता उलंघन गर्नेहलई निरुत्साहित गर्नुपर्ने बताउंदै गल्ती गर्नेलाई छुट दिन नहुने बताउनु भयो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाईले पत्रकारिता पेशा संकटमा परेको बताउंदै पत्रकारितालाई मर्यादित बनाउनु पर्नेमा जोड दिनु भयो ।
पत्रकारिता पेशालाई मर्यादित तथा व्यवस्थित र विश्वासनीयता बनाउन सबैले पत्रकार आचारसहिंता पालना गर्नुपर्ने छलफलमा सहभागी पत्रकारहरुले जोड दिनु भएको थियो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डको अध्यक्षता, उपाध्यक्ष विश्वास ढकालको स्वागत र सचिव सिपी खनालको सञ्चालनमा कार्यक्रम भएको थियो ।
You might also like