Nepali News Portal

एसीसी इमर्जिङ एसिया कप: बाहिरिए नेपाल र यूएई

काठमाडौँ । नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) एसीसी इमर्जिङ एसिया कप एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि दौडबाट बाहिरिएका छन् । बलियो प्रतिद्वन्द्वीसँग लगातार दोस्रो हार बेहोर्दै यी दुवै टोली उपाधि दौडबाट बाहिरिएका हुन् ।
नेपाल आफ्नो दोस्रो खेलमा सोमबार टेस्ट राष्ट्र भारतको ‘ए’ टोलीसँग नौ विकेटले पराजित भयो । पाकिस्तानले भने लगातार दोस्रो जित हासिल गर्ने क्रममा यूएईलाई एक सय ८४ रनको फराकिलो अन्तरले पराजित गर्‍यो ।
लगातार दोस्रो जितसँगै भारत र पाकिस्तान प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेका छन् । भारत र पाकिस्तान दुबैको चार—चार अंक छ । नेपाल र यूएई हालसम्म अंकविहीन छन् । नेपालले समूहगत चरणको अन्तिम खेल बुधबार यूएईसँग खेल्नेछ ।
टस जितेको नेपालले पहिले ब्याटिङ गर्दै ३९।२ ओभरमा अलआउट हुनुअघि एक सय ६७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भारतले २२।१ ओभरमा केवल एक विकेट गुमाएर एक सय ७२ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो ।
भारतको एकमात्र विकेट कप्तान रोहित पौडेलले लिएका थिए । उनले ८७ रनमा भारतका ओपनर ब्याट्सम्यान अभिषेक शर्मालाई पेभेलियन फर्काएका थिए । ब्याटिङमा पनि रोहितले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले ८५ बलको सामना गरी सात चौकाको मद्दतले ६५ रन बनाएका थिए ।  नेपालका लागि तल्लो क्रमका ब्याट्सम्यान गुल्सन झाले पनि ३८ रनको योगदान गरेका थिए । नेपालको ब्याटिङ निकै फितलो थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.