गुल्मी । गुल्मीमा पानी सहित आएको तीव्र हावाहुरीका कारण घर, गोठ, विद्यालय तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ । असिना पानीले कृषकको बालीनालीमा क्षती पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार हालसम्म प्राप्त विवरणअनुसार जिल्लाभरि ८२ भन्दा बढी संरचनामा क्षति पुगेको छ भने ५ वटा विद्यालय तथा बिधालयमा समेत क्षती भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) भीमकिरण बोगटीले सोमबार राति आएको पानी सहितको हावाहुरीले मानवीय तथा पशुचौपायामा भने क्षति नभएको जानकारी दिनु भयो । सबैभन्दा बढी क्षति मालिका गाउँपालिकामा भएको छ ।
मालिका गाउँपालिकामा गरी ६६ वटा घर, गोठ, शौचालय, सहकारी भवन, मन्दिर तथा विद्यालयमा क्षति पुगेको छ । वडा नम्बर–७ स्थित देविस्थान माध्यमिक विद्यालय र भैरव काली बोर्डिङ स्कुलको टिनको छानोमा क्षति पुगेको बोगटीले बताए ।
वडा वडानम्बर–५ स्थित सूर्योदय आधारभूत विद्यालयको शौचालयको छानो उडाएको प्रहरीले जनाएको छ । मदाने गाउँपालिकामा ९ वटा घर तथा गोठमा क्षति पुगेको छ ।
मुसिकोट नगरपालिकामा ३ वटा घरको टिनको छानो पूर्ण रूपमा क्षति भएको छ । वडा नम्बर– २ र ३ भेडी क्षेत्रमा पुगेको हो ।
छत्रकोट गाउँपालिका–४ स्थित श्री श्रृङ्गा जनता माविको विज्ञान प्रयोगशाला भवनको टिनको छानो हावाहुरीले पल्टाएको प्रहरीले जनाएको छ । यस पालिकामा १ वटा शैक्षिक संस्थामा क्षति पुगेको छ ।
यसैगरी इस्मा गाउँपालिका वडा नम्बर–४ स्थित सूर्योदय आधारभूत विद्यालयको टिनको छानो पूर्ण रूपमा उडाएको छ । केही घरहरूमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । इस्मा गाउँपालिकामा कम्तीमा ३ वटा संरचनामा क्षति पुगेको छ ।
You might also like