गुल्मेली सम्पर्क समाजको २३ औं स्थापना दिवस मनाउने तयारी
बुटवल । गुल्मेली सम्पर्क समाज रुपन्देहीको २३ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाउने तयारी गरिएको छ ।
समाजले स्थापना दिवसको अवसरमा जेठ १७ गते रक्तदान कार्यक्रम र सम्मान कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक तथा समाजका उपाध्यक्ष हेम थापाले जानकारी दिनु भयो । उहाँका अनुसार समाजको गुरुयोजना स्थल तिलोत्तमा नगरपालिका -४ दिङ्गरनगरमा स्थापना दिवस मनाउन लागिएको हो । त्यसको लागी तयारी तिब्र पारिएको छ ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राबिधिक सहयोगमा संचालन गर्न लागिएको रक्तदान कार्यक्रममा बिहान ७ बजेदेखि सुरु हुनेछ । समाजका अध्यक्ष डा. नारायण प्रसाद पन्थले २३ औं स्थापना दिवसमा सामाजिक, आर्थिक , राजनीति क्षेत्रमा विशेष योगदान पुर्याउनु हुने ब्यक्तित्व तथा सम्पर्क समाज स्थापना गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने महानुभावहरुलाई सम्मान गर्न लागिएको बताउनु भयो । “सम्पर्क समाजलाई यहाँ सम्म ल्याईपुर्याउन अग्रजहरुको ठुलो योगदान रहेको छ, उहाँहरुलाई सम्झने प्रयास गर्दै छौं।” उहाँले भन्नूभयो ।
गुल्मी जिल्लामा जन्म भइ बसाइँसराइ तथा विभिन्न पेशा ब्यवसायको लागी रुपन्देहीमा बसोबास गर्ने गुल्मेलीहरुको साझा संस्था सम्पर्क समाजले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको छ । छोरी शिक्षा कार्यक्रम मार्फत शिक्षा क्षेत्रमा काम गर्दै आएको समाजले जेष्ठ नागरिकहरुको सम्मानको लागी जेष्ठ नागरिक मिलनकेन्द्र संचालन गरेको छ । श्रृृङगेश्वरधाम निर्माण लगायत सामाजिक तथा धार्मिक क्षेत्रमा समाजले अनुकरणीय कार्य गरेको छ ।
You might also like