बुटवल । जेठ ११ गते देखि हराएका बुटवलको कालिका मानवज्ञान माबिमा अध्ययनरत एक बिद्यार्थी अझै फेला पर्नु भएको छैन ।
गुल्मी छत्रकोट ४ श्रृङ्गा घर भई हाल कालिका मा.वि बुटवल कक्षा ११ मा अध्ययनरत वर्ष १७ का विनायक कंडेल सम्पर्क बिहिन हुनु भएको हो।
श्रृङ्गा घर जान भनेर जेठ ११ गते ११:३० वजे बुटवल चौडाहा मार्कण्डेय पथ देखी हिडेको र अहिले सम्म घर नआएको र सम्पर्कमा नआएकोले कडेल परिवार चिन्तित छ । उहाँका बुवा विष्णु प्रसाद कंडेलले निजलाई फेला पार्नु हुने महानुभावहरुले नजिकको प्रहरि चौकि अथवा फोन नं 9867285028 ,कल्पना कडेल आमा 9861133840, जनक लाल कणेल 9867878822 मा खवर गरि खोजतलासमा सहयोग गरिदिनु हुन अपिल गर्नु भएको छ । सामान्य सिल स्वभावका कंडेल अध्ययनमा ध्यान दिने, बाहिर बाताबरणमा खासै घुलमिल हुन नचाहने स्वभावको रहेको उहाँको मामा कृष्ण भण्डारीले बताउनु भयो ।” आफन्त कहाँ र जाने सम्भावना भएको ठाँउमा खोजी गरेका छौं ।” उहाँले भन्नु भयो- प्रहरी प्रशासन, सबैलाई जानकारी गराईएको छ अझै फेला पार्न सकेका छैनौं ।”