Nepali News Portal

मगर भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिन माग

लुम्बिनी प्रदेशमा कुल जनसंख्याको १४.६ प्रतिशत मगर समुदायको रहेकाले मगर भाषालाई सरकारी कामकाजी भाषा बनाउनु पर्ने उहाँहरुको माग रहेको छ ।

बुटवल । मगर समुदायले मगर भाषालाई सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिन लुम्बिनी प्रदेश सरकारसंग माग गरेका छ्न ।
लुम्बिनी प्रदेशमा कुल जनसंख्याको १४.६ प्रतिशत मगर समुदायको रहेकाले मगर भाषालाई सरकारी कामकाजी भाषा बनाउनु पर्ने उहाँहरुको माग रहेको छ । नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष थर्क बहादुर बाह्रघरेले मगर समुदायको पहिचानको संरक्षणको लागी सरकारी कामकाजको भाषा लागु गर्न र मगर दिवसको दिन सार्बजनिक बिदा दिन माग गर्दै नदिए अर्को बर्ष देखी सडक आन्दोलन गर्ने चेतावनी दिनु भयो । मगर समुदायले बिधालयमा मगर भाषामा शिक्षाको सुलभ ब्यवस्था, राज्यको हरेक संरचना र क्षेत्रमा पुर्ण समानुपातिक समाबेशिता लागु गर्न, नेपालका प्रथम सहिद लखन थापा मगरलाई राष्ट्रिय बिभुती घोषणा गर्न पनि माग गरेका छ्न ।
४३ औ मगर दिवसको सन्दर्भ जानकारी दिन आज बुटवल उप महानगरपलिका समितीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो- मगर दिवसलाई हामीले उत्सवको रुपमा मात्र होईन अधिकार प्राप्तीको आन्दोलनको रुपमा पनि मनाउदै आएका छौं , हाम्रो माग सम्बोधन नभए चौराहामा चक्काजाम सहितको सडक आन्दोलन गर्न पछी पर्दैनौ ।”
बि स २०३९ फागुन १५ गते तनहुँ जिल्लाको दमौलीमा देशै भरीका मगरहरु सहभागी हुँदै प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो । यसै दिनलाई स्मरण गर्दै नेपाल मगर संघको स्थापना दिवसको रुपमा प्रत्येक बर्षको फागुन १५लाई मगर दिवसको रुपमा संघले विभिन्न कार्यक्रम गरि मनाउदै आएको छ । नेपाल मगर संघ बुटवल उपमहानगरपालिका समितिले पनि विभिन्न कार्यक्रम गरि मगर दिवस मनाउन लागेको छ ।
फागुन १२ गते अमर भवनमा अन्तर्कृया कार्यक्रम, १३ गते लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीलाई फलफुल बितरण, १४ गते सरसफाइ तथा १५ गते दिपनगर थानी बजे बजैकोको थानमा मुल समारोह आयोजना गरि मगर दिवस मनाउन लागिएको नेपाल मगर संघ बुटवल उप महानगरपलिका समितीका अध्यक्ष बसन्ती साठिघरे मगरले जानकारी दिनु भयो । संघका उपाध्यक्ष लोक बहादुर थापा , सचिव हेमन्त बुढाथोकीले दिवस भब्य रुपमा मनाउन लागिएकोले दिवसका अवसरमा आयोजित कार्यक्रमहरुमा सक्रिय सहभागीको लागी सम्पुर्ण मगर समुदायलाई आग्रह गर्नुभयो ।

You might also like
Leave A Reply

Your email address will not be published.