Nepali News Portal

नेवारी र थकाली परिकार चखाउन “मेरी आमा” रेस्टुरेन्ट संचालन

नेवारी र थकाली परिकार चखाउन “मेरी आमा” रेस्टुरेन्ट संचालन

बुटवल । बुटवलमा नेवारी तथा थकाली परिकारको स्वाद चखाउन रेस्टुरेन्ट तथा होटेल नभएका होईनन । तर बास्तबमा  ति परिकारको स्वाद चखाउने रेस्टुरेन्ट निकै कमि छन । त्यसैको अभाव पुर्ती  गर्ने देबीनगर चौपारी देखि दक्षिण होराईजन चोक (पश्चिम्) देखी  उत्तर  प्रभात पथमा नेवारी परिकार र थकाली खाना खुवाउने गरि एउटा रेस्टुरेन्ट संचालनमा आएको छ- ” मेरी आमा नेवारी खाजा एन्ड थकाली खाना” । एकै ठाउमा थकाली र नेवारी परिकार चखाउने सम्भवत यो पहिलो रेस्टुरेन्ट हो ।
यो रेस्टुरेन्टमा बिशुद्व नेवारी खाजा र थकाली खाना सेट उपलब्ध छ ।  “धेरैको जिब्रोमा झुन्डिएको नेवारी परिकार र खानामा एउटा ब्रान्ड नै बनेको स्पेसल थकाली खाना खुवाउने गरि यो रेस्टुरेन्ट संचालन गरिएको हो ।” संचालक भिमसेन श्रेष्ठले भन्नुभयो -” हामीले स्वादमा त्यो अनुभुती दिलाउने छौं ।”  घरमा आमाले खाना पस्केर खुवाए जस्तै गरि खाना पस्केर खुलाउने अनुभुती दिने गरि यो रेस्टुरेन्ट संचालन गरिएको  हो ।

नेवारी परिकारमा समयबजी सेट, बारा/चटामरी, छोइला, कचिला, भुटन/सुकुटी, योमरी/जुजु धौ नेवारी, आलु साधेको , भटमास साधेको आदि  खाजा यो रेस्टुरेन्टमा उपलब्ध छ । त्यस्तै गरि  ढिडाे, गुन्द्रुक सहितको  स्पेसल थकाली खाना सेट  थकाली खानाको स्वाद  पाईने छ ।

‎ “नेवारी र थकाली खाजा /खानाको लागी अरु रेस्टुरेन्ट जानै पर्दैन ।” उहाँले भन्नु भयो -“यो ठाँउमा यो सेवा आवस्यक थियो र ठान्यौ पनि । सुरु गरेका छौं स्वादमा कुनै कमि हुन दिदैनौ ।” थकाली र नेवारी खाजा खानाको स्वाद सहित गुणस्तरमा कमि नहुने पनि संचालकले प्रतिबद्धता जनाउनु भएको छ । स्वस्थकर हाईजेनिक खाना र खाजाको लागी आफू प्रतिबद्ध रहेको उहाँको भनाई छ ।

‎रेस्टुरेन्टको आईतवार सामाजिक कार्यमा चर्चित क्लबको रुपमा स्थापित क्लब जि ट्वान्टि फाईबका अध्यक्ष   सजनकुमार भारीले उदघाटन गर्नु भयो । उहाँले ब्यवसायिक सफलताको शुभकामना दिदै थकाली र नेवारी परिकारको स्वादमा कमि हुन नदिन सुझाव दिनु भयो ।

You might also like
Leave A Reply

Your email address will not be published.