Nepali News Portal

अखिल क्रान्तिकारीको छात्रा भेला सम्पन्न

बुटवल ।

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी बुटवल बहुमुखी क्याम्पस इकाईले छात्रा भेला गरेको छ । शुक्रबार सम्पन्न भेलाले सिर्जु आचार्यको संयोजकत्वमा ३४ सदस्यीय छात्रा विभाग गठन गरेको संगठनका इकाई अध्यक्ष शिव खवासले जानकारी दिए ।

जसको सह-संयोजकमा भावना रेग्मी, बिमला पाेखरेल, सुस्मिता केसी ,शुसिला भण्डारी, सपना जिसी र सम्झना ज्ञवाली रहेका छन भने सचिवमा सपना पुरी सहसचिवमा गोमा भण्डारी, दिपिका न्यौपाने, कृष्ण विक रहेको संगठनले जनाएको छ ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य तथा पूर्व सांसद दिपा बिकले यो देशको परिवर्तनका निमित्त ५० प्रतिशत महिलाहरु जनयुद्धमा होमिएकै कारण लामो सङ्घर्षपछि मात्रै समाबेशी समानुपातिक प्रणाली आएको बताइन्। अहिले यो देशको राष्ट्रिपति महिला बन्ने व्यवस्था पनि माओवादीको त्याग र बलिदानी नै आएको बताउदै उनले  विद्यार्थीको हक हितका निम्ति पार्टीले सधै साथ, सहयोग र समन्वय सहकार्य गर्ने  बताइन् ।

You might also like
Leave A Reply

Your email address will not be published.