Nepali News Portal

गुल्मीमा बोलेरो दुर्घटना: २ जनाको मृत्यु , १० घाइते

गुल्मी । आज गुल्मीमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । गुल्मीको बिरवासबाट मिसुकातर्फ जाँदै गरेको लु १ च ४९०६ नम्बरको पिकअप बोलेरो गुल्मी दरबार गाउँपालिका वडा नम्बर ४ मिसुका भन्ने स्थानमा दुर्घटना हुँदा घटनास्थलमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ । मृत्यु हुनेमा गुल्मीदरबार–४ की ३५ वर्षीया कृष्णा ढेंगा र  ४० वर्षीया मीना सनामी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनु भयो ।उक्त दुर्घटनामा १० जना घाईते भएका छन । घाइतेहरुको पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भइरहेको छ । बोलेरो पिकअप जिप अचानक ब्रेक फेल भएर स्थानीय फुलमाया श्रेष्ठको घरमा ठोक्किन पुगेको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.