Nepali News Portal

ऐतिहासिक दिनको स्मरण गर्दै जितगढि किल्लामा बिजयोउत्सव

ऐतिहासिक दिनको स्मरण गर्दै जितगढि किल्लामा बिजयोउत्सव
बुटवल । नेपाल–अंग्रेज युद्धमा नेपाली सेनाले विजय हासिल गरेको ऐतिहासिक दिनको सम्झनामा आज बुटवल स्थित जितगढी किल्लामा विजय उत्सव मनाइँदै छ।
आज बिहानै देखि बुटवलमा बिजय उत्सव मनाईएको हो । बैशाख ७ गते बिहान बुटवल उपमहानगर पालिकाका प्रमुख खेलराज पाण्डे र उपप्रमुख साबित्रा देबि अर्यालले नुवाकोट गाेरखाबाट आएका नेपाली सेनाको टाेलिलाई स्वागत गर्नु भयो । त्यसै गरि बुटवल -१ गणेशमन्दिरमा उक्त टोलिलाई स्वागत गरिएको छ । गोरखा दरबारबाट पैदल यात्रा सुरु गरी जितगढी आइपुग्ने नेपाली सेनाका पदयात्री टोलीलाई किल्लामा स्वागत गरिएको हो । यस वर्ष पनि गोरखा दरबार हनुमान भञ्ज्याङबाट सुरु भएको पदयात्रा टोली तनहुँ, स्याङ्जा र पाल्पा हुँदै आज जितगढी आइपुगेको हो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयका अनुसार ऐतिहासिक दरबार, गढी, किल्ला तथा पदमार्गको संरक्षण गर्ने उद्देश्यले नेपाली सेना र स्थानीय तहको सहकार्यमा यो पदयात्रा चौथो पटक आयोजना गरिएको हो।
बिहान १० बजे बुटवल उपमहानगरपालिकाबाट कला संस्कृती झल्किने विभिन्न झाकि निकालीएको छ । नेपाली सेनए कर्नेल उजिर सिह थापाको सालिक अगाडि सलामी अर्पण गरेपछी बिजय महोत्सव ( मुख्य कार्यक्रम ) लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । साँझ ६ बजे देखि ९ बजे सम्म भब्य रुपमा साँस्कृतिक हुने छ ।
वि.सं. १८७२ वैशाख ७ गते उजिरसिंह थापा को नेतृत्वमा रहेको नेपाली फौजले अंग्रेज फौजमाथि ऐतिहासिक विजय हासिल गरेको थियो। सोही विजयको खुसीयालीमा हरेक वर्ष यहाँ विशेष कार्यक्रमसहित उत्सव मनाउने परम्परा रहेको छ।
जितगढी किल्लाको ऎतिहासिक महत्व
रुपन्देही बुटवल उपमहानगरपालिका-१मा अवस्थित जितगढी किल्ला ‘अंग्रेज–गोर्खा युद्ध’ को महत्वपूर्ण इतिहाससँग जोडिएको स्थल हो। यसले नेपाली वीरताको प्रतीकका रूपमा राष्ट्रियताको भावना झल्काउँछ। झण्डै दुई सय वर्ष पुराना युद्धसम्बन्धी प्रमाणहरू अझै पनि यहाँ सुरक्षित छन ।
इतिहासकारहरूका अनुसार किल्ला निर्माणको समयबारे फरक–फरक धारणा रहे पनि यसको रणनीतिक महत्व अत्यन्त ठूलो रहेको मानिन्छ।
उक्त युद्धका क्रममा अमरसिंह थापा को समग्र नेतृत्वमा विभिन्न मोर्चामा लडाइँ सञ्चालन गरिएको थियो भने बुटवल–पाल्पा क्षेत्रको जिम्मेवारी उजिरसिंह थापाले सम्हालेका थिए।
सन् १८१४ अंग्रेज फौजले विभिन्न स्थानबाट आक्रमण गरे पनि जितगढी क्षेत्रमा नेपाली सेनाले दृढ प्रतिरोध गर्दै विजय हासिल गरेको थियो।मेजर जनरल जोन सुलिमान उडको नेतृत्वमा आएको अंग्रेजी फौजलाई परास्त गर्दै बुटवल क्षेत्र जोगाउन सफल भएको ऐतिहासिक किल्ला नै जितगढी हो।
इतिहासविद्हरूका अनुसार यदि त्यतिबेला गोर्खाली फौजले डटेर प्रतिरोध नगरेको भए नेपालको अस्तित्व नै संकटमा पर्न सक्थ्यो। त्यसैले जितगढी किल्ला केवल एक ऐतिहासिक स्थल मात्र नभई राष्ट्रिय स्वाभिमान र वीरताको प्रतीकका रूपमा स्थापित भएको छ।आज पनि यस उत्सवले नेपालीहरूको देशप्रेम, वीरता र ऐतिहासिक चेतनालाई स्मरण गराउँदै आएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.