Nepali News Portal

बुटवलको फुटपाथ खाली गराउन डाेजर लिएर मेयर सडकमा

बुटवलको फुटपाथ खाली गराउन डाेजर लिएर मेयर सडकमा
बुटवल । बुटवलका सडक फुटपाथ खाली गराई पैदल यात्रीलाई सहज बनाउन मेयर खेलराज पाण्डेय बुधबार आफै डाेजर लिएर सडक क्षेत्रमा पुग्नु भएको छ । उपमेयर साबित्रा देबि अर्याल सहित नगर प्रहरी लिएर मेयर आफै फुटपाथ खाली गराउन सडकमा निस्किनु भएको हो ।
बजार क्षेत्रका सडकको पैदलमार्ग मै व्यापार गर्ने , ठेला राख्ने, रिकन्डिसन मोटरसाइकल राखेर बिक्री गर्ने जस्ता कार्यलाई निरुत्साहित गर्न मेयर पाण्डेले अभियान नै चलाउनु भएको हो ।
फुटपाथ ब्यापारीहरुले सडक क्षेत्र ओगटेर ब्यापार गर्दा पैदल यात्रुलाई हिँडडुलमा समस्या भएको थियो । सरोकारवालाहरु संगको छलफल पछी यो अभियान चलाइएको मेयर पाण्डेयले लुम्बिनी हेडलाईन्सलाई जानकारी दिनु भयो । “पहिले पनि फुटपाथ खाली गराउन प्रयत्न गरिएको थियो । दीर्घकालीन बन्न सकेन । अहिले सबै सरोकारवालाहरुको सहमति र प्रयासबाट फुटपाथ खाली गराईको छ ।” उहाँले भन्नुभयो – सडक क्षेत्र ओगट्नु नियम बिपरित हुन्छ, खाली गराउन सबैको साथ पाएका छौ ।” अब देखि सडकको क्षेत्रमा सामान राखेमा नगर प्रहरीले हटाउने र बिक्रीका लागी राखिएका सामग्री जफत गरिने छ । जुन सामान छुटाउनको लागी कसैको पनि सोर्स लाग्ने छैन । यस प्रकारको सहमतिले फुटपाथ ओगटेर ब्यापार गर्नेहरु निरुत्साहित हुने अपेक्षा गरिएको छ ।
बुधबार उपमहानगरपालिकाको अगुवाइमा विभिन्न संघ–संस्था, व्यवसायी तथा सरोकारवाला निकायबीच सहमति जुट्दै अव्यवस्थित व्यापार हटाउने निर्णय गरिएको हो। सर्वसाधारणलाई फुटपाथ व्यापार हटाउन जानकारी दिईएको थियो माइकिङ गरि सूचना जारी गरिसके पछि पनि नमाने पछि आवश्यक कारबाहीका लागी डोजर चलाइएको थियो।
पहिलो चरणमा ठेला र फुटपाथ व्यापार हटाइनेछ भने दोस्रो चरणमा सडकमा छाडा छोडिएका गाई–बस्तुको व्यवस्थापन गरिनेछ। छाडा चौपायाका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रणमा लिन लागिएको हो। छाडा चौपाया ब्यवस्थापन स्थानीय सरकारलाई टाउको दुखाईको विषय बनेको छ । “छाडा चौपायाको दिगो व्यवस्थापनको लागी योजना बनाउदै छौं, खुला सिमानाका कारण पनि यहाँ अलि बढी समस्या देखिएको छ । संघीय सरकारले सहजीकरण गरिदिदा अझै सहज हुने थियो । ” मेयर पाण्डेयले भन्नुभयो ।
स्थानीयवासीहरूले यस कदमलाई सकारात्मक रूपमा लिएका छन्। यस अभियानले बुटवललाई अझ व्यवस्थित र आकर्षक शहर बनाउन सहयोग पुग्ने छ । बुटवल उपमहानगरपालिकाको यस कदमलाई बुटवलबासीले सकारात्मक रुपमा लिएका छ्न भने केही फुटपाथ ब्यापारीहरुले असहज महसुस गरेका छ्न ।

You might also like
Leave A Reply

Your email address will not be published.