Nepali News Portal

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, यस्ता छ्न कार्यसुची

बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ ।
सातौं अधिवेशन अन्तर्गत पाँचौं बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रारम्भमा प्रदेश सभा सदस्यहरुले विशेष समयमा समसामयिक विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम छ । त्यसपछि उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक’ सभामा पेश गर्ने कार्यसूची छ ।
त्यसैगरी बैठकमा मुख्यमन्त्री चेत नारायण आचार्यले ‘जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिनु भयो।

You might also like
Leave A Reply

Your email address will not be published.