Nepali News Portal

यस्तो भयो बालेनको सपथ, १५ सदस्यीय मन्त्रीपरिषद गठन

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाह (बालेन्द्र)ले १२ः३२ को शुभसाइतमा प्रधानमन्त्री पदको शपथ लिनु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई शुक्रबार पद तथा गोपनीयताको शपथ दिलाउनु भएको हो ।
बालेनले आफ्नो शपथका क्रममा नयाँ प्रयोग समेत गर्नु भयो । शपथअघि वैदिक परम्परालाई स्मरण गराईएको थियो । शपथका क्रममा एकसाथ सात शंखबाट शंखनाद गराइयो भने १०८ जना बटुकहरूबाट स्वस्तिवाचन गराइयो । त्यस्तै १६ जना भिक्षुहरूबाट अष्टमंगल पाठ गरियो ।
शपथ समारोहमा मुलुकका उच्चपदस्थ पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधि, समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरू सहभागी हुनुहुन्थ्यो ।
यस्तो छ बालेन नेतृत्वको मन्त्रीपरिषद
बालेन शाह (बालेन्द्र) नेतृत्वको सरकारमा मन्त्रीमा नियुक्त हुनुभएको मन्त्रीहरुले सपथ लिनु भएको छ ।
प्रधानमन्त्री तथा रक्षा/उद्योग- बालेन शाह
अर्थ – स्वर्णिम वाग्ले
गृह – सुदन गुरुङ
परराष्ट्र- शिशिर खनाल
भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास–सुनिल लम्साल
ऊर्जा, जलस्रोत तथा सिँचाई–विराजभक्त श्रेष्ठ
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन–खडक पौडेल (गनेश)
शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद– सस्मित पोख्रेल
स्वास्थ्य तथा जनसंख्या र खानेपानी–निशा मेहता
सञ्चार तथा सूचना प्रविधि–डा विक्रम तिमल्सिना
भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा समान्य प्रशासन–प्रतिभा रावल
कानुन, न्याय तथा संसदीय मामिला–सोविता गौतम
कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरण– गीता चौधरी
श्रम, रोजगार– दीपक साह
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक–सीता वादी

You might also like
Leave A Reply

Your email address will not be published.