पश्चिमाञ्चल यातायात समितीको अध्यक्षमा जिसी निर्वाचित
बुटवल । ट्रक ब्यावसायीहरुको संस्था पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको १४ औं अधिवेशनबाट अध्यक्षमा यमबहादुर जीसी निर्वाचित हुनु भएको छ । शनिबार राती घोषणा गरिएको मतपरिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा गणेश घिमिरे, खुल्ला उपाध्यक्षमा डिल्ली रिजाल र महासचिवमा वसन्त खड्का विजयी हुनुभएको छ।२५ औं साधारण सभा तथा १४ औं अधिवेशनबाट नयां नेतृत्व सर्वसम्वत हुन नसकेपछि निर्वाचन भएको थियो । अध्यक्ष जीसीले २७४ मत प्राप्त गरी विजयी हुनु भयो, उहाका प्रतिष्पर्दी पंकज राईले २२६ मत र अध्यक्ष पदका अर्का प्रतिष्पर्दी प्रतापबहादुर कार्कीले १६८ मत प्राप्त गर्नु भएको प्रमुख निर्वाचन आयुक्त महेन्द्र पाण्डेले जानकारी दिनु भयो ।
उहाँका अनुसार वष्ठि उपाध्यक्षमा गणेश घिमिरेले सबैले भन्दा बढी ४४९ मत प्राप्त गरी विजय हुनु भयो । खुल्ला उपाध्यक्षमा डिल्लीराम रिजालले ४१७ प्राप्त गरी विजयी हुनु भयो । उपाध्यक्ष गुल्मी, पाल्पा र स्याङ्जा सेक्टरमा रिज केसीले ३८०, काठमाण्डौ उपाध्यक्ष युवराज पन्थले ४१० मत प्राप्त गरी विजयी हुनुभयो । सचिवमा ढुण्डीराम गैरेले ४०१ र कोषाध्यक्षमा काशिनाथ पोखरेलले ३७८ मत प्राप्त गरी विजयी हुनु भयो । त्यस्तै सदस्यहरुमा किशोर पंगेनीले ४३२, खिमप्रसाद भुसालले ३९०, खेमलाल पौडेलले ३७०, प्रदीप पन्थीले सर्वाधिक ४४८ प्रेम विक ३२६, विकास अग्रहरी ३३२, विकास शर्मा आचार्य ३२०, बेलबहादुर ३७५, भोजराज भुसाल ३४० र सुरज गुप्ताले ३१३ मत प्राप्त गरी विजयी हुनु भएको छ ।
You might also like