Nepali News Portal

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

राप्ती उपत्यका (देउखुरी ) । लुम्बिनी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेशसभाको २३ औँ बैठकले आगामी आवको बजेट पारित गरेको हो । सरकारले आउँदो आवका लागि यही असार १ गते बजेट ल्याएको थियो ।
आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले ‘अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस्’ भन्ने प्रस्ताव प्रदेशसभाको बैठकमा प्रस्तुत गर्नु भएको थियो । उक्त प्रस्ताव  बहुमतले पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गर्नुभयो ।
आगामी आवका लागि प्रदेशसभामा सरकारका तर्फबाट आर्थिक मामिलामन्त्री आचार्यले आर्थिक वर्ष २०८१/०८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका थिए । जसमध्ये चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार अर्थात् २८ दशमलव ८७ प्रतिशत र पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख अर्थात् ६३ दशमलव ०९ प्रतिशत विनियोजित गरिएको थियो । प्रदेशसभाको चौथो अधिवेशनको तेह्रौं बैठकमा प्रस्तुत भएको बजेटमा वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड १३ लाख १६ हजार अर्थात् ८ दशमलव ०६ प्रतिशत अनुमान गरिएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.