Nepali News Portal

उत्तर अमेरिका नेपाल सुन्दरी प्रतियोगिताको तयारी

आगामी जुलाई २२ मा न्यूयोर्कमा आयोजना हुने मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) २०२३ का अन्तिम १८ जना प्रतियोगीहरूको तालिम न्यूयोर्कमा प्रारम्भ भएको छ ।

क्यानाडा र अमेरिकाका विभिन्न राज्यहरूबाट प्रतियोगीहरू प्रतिस्पर्धामा भाग लिन न्यूयोर्क आई पुगेका छन् ।  मिस नेपाल नर्थ अमेरिका २०२३ को लागि पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ आधिकारिक मुख्य कोरियोग्राफर (पूर्ण प्रशिक्षण) रहेकोले उनले तालिम दिन सुरु गरेकी हुन् । अन्तिम समापन दिन अगाडिसम्म तालिम चल्नेछ ।
मिस नेपाल नर्थ अमेरिका २०२३ मा १८ जना प्रतिस्पर्धीहरु रहेका छन् ।  उनीहरूको बन्द शिविर गत सोमबारदेखि नै सञ्चालन भएको छ । अन्तिम प्रतिस्पर्धाका लागि अमेरिका र क्यानडा गरी कूल १८ जना प्रतिस्पर्धीहरुले भाग लिनेछन् ।

मिस नेपाल नर्थ अमेरिका सुरु भएदेखि नै हरेक वर्ष अगस्त महिनामा हुँदै आएता पनि यस बर्ष जुलाई महिनामा हुने र जुलाई २२ का दिन समापन समारोह अर्थात् ग्रान्ड फिनाले हुनेछ ।

विगत वर्ष झैँ यस वर्ष पनि न्यूयोर्ककै प्रसिद्ध मेलरोज बलरुम मै शनिबारका दिन हुनेछ । “अर्को पुस्तालाई सशक्तीकरण गर्न नेपाली महिलाहरूलाई सशक्तीकरण” भन्ने मूल नारा दिइएको छ । यो प्रतियोगिताको आयोजना ड्रिम्स युनिभर्सल एलएलसी न्यूयोर्कले गर्नेछ ।

यस पटक कार्यक्रमको लागि अतिथिहरुमा प्रियंका कार्की, मिरुना मगर, आयुषमान देशराज जोशी, सुप्रिया श्रेष्ठ, रेश्मा घिमिरे लगायतको उपस्थिति रहनेछ। यस पटकको विजेता २०२४ मा नेपालमा आयोजना हुने नेपाल सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धीको रूपमा भाग लिन पाउने छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.