Nepali News Portal

महिला पिडित हैन अचेल पुरुष पिडित भा’का छौं

हामी पुरुष है, पिडित पुरुष, दुःखी पुरुष ।

हामी महिला है, सक्षम महिला, सबल महिला ।

पुरुष :

महिला पिडित हैन अचेल पुरुष पिडित भा’का छौं,

महिना दिन भो आफै पकाई खाना खा’का छौं ।

दिनका दिन पार्टी प्यालेस दरका दर जहिले नि,

अफिस हिड्न पाईया छैन टाईममा कहिले नि ।

महिला :

यति खाना पकाउन नि कत्रो फुर्ति ला’को हो,

पुरुष भ’को घमण्ड नि कति भा’को हो ।

बिहान नि अफिस भन्छौ अफिस भन्छौ राती नि,

यत्तिकै हैन मेरो पारो तात्ने नि ।

यि शब्द हुन कलाकार माधव भण्डारीको । सामान्यतया पुरुषले आफ्नो पिडा, वेदना, गुनासो बाहिर ल्याउन चाहदैनन । अति नै भएपछि के गर्नु ?  तीज गितको माध्यमबाट कलाकार भण्डारीले पुरुषको पिडा र गुनासा बाहिर ओकल्नु भएको छ । “हामी पुरुष है, पिडित पुरुष, दुःखी पुरुष”

कलाकार सिलु भट्टराई र माधव भण्डारीको श्वर रहेको यो तीज गितले अहिले बजार तताएको छ ।  बिक्रम बावु विश्वकर्माको लयले यो तिज गित अझै बढि लयमा फर्किन सहयोग गरेको छ ।

मोडल करिश्मा ढकाल र लोमश शर्माको अभिनयले यसलाई अझै रोमान्चक बनाएको छ । स्मृति तिमिल्सिना ‘गुरुआमा’ को निर्देशन÷कोरियोग्राफरमा तयार भएको यो तीज गितको भिडियोले राम्रै भ्युअर्स बटुल्न सफल भएको छ । सात मिनेटको छोटो तर चोपिलो यो तिज गितको भिडियो एक महिला अघि सार्वजनिक भएको थियो ।

“तीजको विकृतीलाई उजागर गर्न यो तीजगित तयार भयो ।” रुपन्देहीको तिलोत्तमा नगरपालिका –१ नयांमिल निवासी कलाकार भण्डारी भन्नु हुन्छ– “तीजको मौलिकतालाई जर्गेना गर्न यसले टेवा पु¥याउने विश्वास लिएको छु ।” तिजको एक महिना अघि देखि पार्टी प्यालेसमा तीजको दर खाने पछिल्लो विकृतीलाई पनि तीज गितले चोटिलो प्रहार गरेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.