Nepali News Portal

आधुनिक गीत ‘बाँचु म कसरी’ सार्वजनिक

देउखुरी (दाङ) । पत्रकार सन्तोषकुमार गुप्ता, गायक तथा मोडेल श्रीधर कडेल र टिकटक स्टार सिर्जना सुनारको बिशेष अभिनय रहेको पहिलो आधुनिक गीत ‘बाँचु म कसरी’ मंगलबार सार्वजनिक भएको छ । दाङ जिल्लामा रहेर लामो समय देखि पत्रकारिता गर्दै आएका पत्रकार सन्तोषकुमार गुप्ता र नव उदोउँदो दंगाली गायक तथा मोडेल श्रीधर कडेल र प्यूठानी टिकटक स्टार सिर्जना सुनारको बिशेष अभिनय रहेको पहिलो आधुनिक गीत ‘बाँचु म कसरी’ सार्वजनिक भएको हो ।
दाङ देउखुरीको राप्ती गाउँपालिका १, पाखापानी निवासी चर्चित गायक तथा मोडेल श्रीधर कडेल र दाङ देउखुरीकै सिसहनियाँ निवासी पत्रकार सन्तोषकुमार गुप्ता र प्यूठानी टिकटक स्टार सिर्जना सुनारले अभिनय गरेको ‘बाँचु म कसरी’ बोलको आधुनिक गीत शुभम् सङ्गित नामक युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । दिनेशकुमार रोकाको शब्द र गायक सन्तोष रुचालको स्वर तथा सङ्गीत रहेको सो गीतलाई नरेन्द्र बियोगीले एरेन्ज गरेका हुन् ।
पिक रेकर्डिङ स्टुडियोे काठमाडौँमा गीत रेकर्ड गरिएको उक्त गीतको भिडियोमा पत्रकार सन्तोषकुमार गुप्ता, गायक तथा मोडेल श्रीधर कडेल र प्यूठानी टिकटक स्टार सिर्जना सुनारको बिशेष अभिनय रहेको छ । उक्त भिडियोको निर्देशन/छायांकन/इडिटिङ दिनेश मुस्कानले गरेका छ्न । त्यस्तै उक्त म्युजिक भिडियोको डि सिनेमा आर्टले दृश्य निर्माण गरेको छ ।
उक्त म्युजिक भिडियोमा सामाजिक बिषयबस्तुलाई गीत र अभिनयको माध्यमबाट समेटिएको छ । भिडियोमा एक धनाड्य व्यक्ति प्रेमजालमा परेर कसरी रोडछाप हुन्छन् त ? भन्ने बिषयबस्तुलाई बिशेष चित्रण गर्न खोजिएको देखिन्छ । एउटा धनाड्य ब्यक्तिलाई एक व्यक्तिले केटी प्रयोग गरी कसरी सडक छाप बनाउँछ, भन्ने बिषयबस्तु उक्त म्युजिक भिडियोमा देखाइएको छ । भिडियोमा अभिनयद्धारा अहिलेको सामाजिक बिकृतिलाई समेटेर दर्शकहरुलाई म्युजिक भिडियोको माध्यमबाट सन्देश दिन खोजिएको छ ।
म्युजिक भिडियोको पहिलो भुमिकामा रहनु भएका पत्रकार सन्तोषकुमार गुप्ता विगत लामो समय देखि दाङ देउखुरीको पूर्व देउखुरी तथा राजधानीक्षेत्रलाई आधार बनाएर पत्रकारिता गर्दै आएका छ्न ।  हाल देउखुरी टुडे डटकमको अध्यक्ष तथा प्रधानसम्पादक रहनु भएको छ भने बागमति टेलिभिजन लुम्बिनी प्रदेश ब्यूरो प्रमुख हुँदै हाल काठमाडौँबाट प्रसारण भइरहेको सेटालाइट टेलिभिजन टिभी टुडे संगै दाङबाट प्रकाशन हुने गणतन्त्र राष्ट्रिय दैनिक घोराही, कपिलबस्तुको बुद्ध आवाज टेलिभिजन र नेपालगञ्जको जि नेपाल न्युज फोर के टेलिभिजनमा समेत आबद्ध रहेर काम गर्दै आएका छ्न ।
कलाकार श्रीधर कडेललाई स्वदेश तथा विदेशमा रहेका नेपालीले रुचाएका कलाकार भित्र पर्द्छ्न । स्वरमा मात्र हैन शब्द संगीत र अभिनयमा समेत अब्बल क्षमता भएका कलाकार कडेलले आधा दर्जन बढी गीतहरु बजारमा ल्याइ सकेका छन। त्यस्तै कडेल कलाकारिता संगै पछिल्लो समयमा पत्रकारितामा समेत सक्रिय छन । भएको छ । उनी हाल देउखुरी टुडे डटकम, बागमति टेलिभिजन र बुद्ध आवाज टेलिभिजनमा आबद्ध रहेर काम गर्दै आएका छ्न । कडेलले आफ्नो कलाकारिताको शुरुवात चर्चित गायिका राधिका हमाल संगको स्वरमा र अहिलेकी चर्चित मोडेल करिष्मा ढकाल संग अभिनय रहेको “सोल्टिनी भेट भयो” बोलको लोक गीत बजारमा ल्याएका थिए ।
त्यस्तै उक्त म्युजिक भिडियोको बिशेष भुमिकामा रहेकी टिकटक स्टार सिर्जना परियार पछिल्लो समय टिकटकमा छाएकी कलाकार हुन् । टिकटकबाट चर्चा कमाउन सफल भएकी परियारले पछिल्लो समय गाउँघरमा हुने सांस्कृतिक कार्यक्रममा समेत निकै चर्चा पाउछिन । प्यूठानको स्वर्गद्धारी नगरपालिका—९, दिबाङ, जुरापाटामा जन्मिएकी १८ बर्षीय सिर्जना हाल श्री बिद्यायनन्द मावि जुरापाटा कक्षा १० मा अध्ययनरत छिन।

You might also like
Leave A Reply

Your email address will not be published.