Nepali News Portal

बुटवलमा रात्रीकालीन व्यवसाय सञ्चालन गर्न सकारात्मक

बुटवलमा रात्रीकालीन व्यवसाय सञ्चालन गर्न सकारात्मक

बुटवल। बुटवलमा रात्रीकालीन व्यवसाय सञ्चालनका लागि चार स्थान प्रस्ताव गरिएको छ।
भैरहवास्थित जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा बुटवलमा रात्रीकालीन व्यवसाय सञ्चालन गर्ने विषयमा सकारात्मक छलफल भएको हो। व्यवसायी, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तथा सुरक्षा निकायका प्रतिनिधिबीच भएको छलफलपछि रात्रीकालीन व्यवसाय सञ्चालनको योजना अघि बढ्ने देखिएको हो।
छलफलमा बुटवल उपमहानगरपालिकाले रात्रीकालीन व्यवसाय सञ्चालनका लागि चार स्थान प्रस्ताव गरेको छ। प्रस्तावित स्थानमा कालिकापथ, ट्राफिक चोक, अस्पताल लाइन र राजमार्ग चौराह रहेका छन्।

चारवटै क्षेत्रमा पूर्णरूपमा रात्रीकालीन व्यवसाय सञ्चालन गर्ने प्रस्ताव अघि सारिएपछि व्यवसायीहरू उत्साहित भएका छन्। व्यवसाय सञ्चालनका क्रममा आवश्यक सुरक्षा व्यवस्था, व्यवस्थापन तथा अन्य विषयमा सम्बन्धित निकायबीच समन्वय गरेर अघि बढ्ने विषयमा समेत छलफल भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले जानकारी दिनु भयो ।

You might also like
Leave A Reply

Your email address will not be published.