Nepali News Portal

स्कलर्स होम बिधालयद्वारा भोटेकोशी बाढी प्रभावितहरुलाई दुई लाख बढी  सहयोग

 बुटवल । बुटवल स्थित स्कलर्स होम माध्यमिक विद्यालयले भोटेकोशी बाढी प्रभावितहरुको राहतको लागी २ लाख १ हजार १ सय ११ रुपैया सहयोग गरेको छ ।
‎ विपद्को कठिन घडीमा पीडित परिवारहरूको राहत तथा उद्धार कार्यमा केही सहयोग पुगोस् भन्ने पवित्र उद्देश्यका साथ विद्यालयका विद्यार्थी, शिक्षक–कर्मचारी तथा सम्पूर्ण विद्यालय परिवारको सक्रिय सहभागितामा रु. २,०१,१११ (दुई लाख एक हजार एक सय एघार रुपैयाँ) संकलन गरिएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो ।
स्कलर्स होम माध्यमिक विद्यालयले अकल्पनीय  विनाशकारी बाढीबाट प्रभावित नागरिकहरू र भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
‎विपद्को यस दुःखद घडीमा  सानो सहयोगले पीडितहरूको जीवनमा केही आशा र राहत थप्न सकोस् भन्ने विश्वासका साथ  प्रधानमन्त्री बिपत ब्यबस्थापन राहत कोष मार्फत आर्थिक सहयोग गरेको  प्राचार्य बाबुराम बन्जाडेले जानकारी दिनु भयो ।
‎ बिधालयले विपद्को यस दुःखद घडीमा घाइतेहरूको शीघ्र उद्धार तथा विपत्तिबाट प्रभावितहरूको पीडा र आवश्यकताबारे यथाशीघ्र जानकारी संकलन भई प्रभावकारी राहत तथा उद्धार कार्य अघि बढोस् भन्ने कामना समेत गरेको छ ।
‎अभियानमा स्वस्फूर्त रूपमा सहयोग गर्नुहुने सम्पूर्ण विद्यार्थी, शिक्षक–कर्मचारी, अभिभावक तथा विद्यालय परिवारप्रति विद्यालयको तर्फबाट हार्दिक आभार तथा धन्यवाद व्यक्त गरिएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.