उत्कृष्टबाट गिरि, सूर्यप्रसाद विकास पत्रकारिता पुरस्कारबाट पाण्डेय र केसी पुरस्कृत
बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीले स्थापना गरेएको उत्कृष्ट पत्रकारिता पुरस्कार र सूर्यप्रसाद विकास पत्रकारिता पुरस्कारबाट रुपन्देहीका तीन जना पत्रकारहरुलाई पुरस्कृत गरिएको छ ।
बुटवल उपमहानगरपालिकाको सहकार्यमा स्थापना भएको पुरस्कार सोमबार एक कार्यक्रमको आयोजना गरि रुपन्देहीका तीन जना पत्रकारहरुलाई प्रदान गरिएको हो ।
नेपाल पत्रकार महासंघ, रुपन्देहीद्वारा स्थापना गरिएको उत्कृष्ट पत्रकारिता पुरस्कार–२०८२ बाट पत्रकार अमृत गिरी पुरस्कृत हुनु भएको छ ।
गिरी नगद एक लाख रुपैया पुरस्कार सहित पुरस्कृत हुनु भएको हो। यस्तै सूर्य प्रसाद विकास पत्रकारिता पुरस्कार–२०८२ बाट पत्रकार छवि पाण्डेय र माया केसी पुरस्कृत हुनु भएको छ ।
उहाँहरु दुबैले जनही नगद ५०-५० हजार रुपैया पुरस्कार प्राप्त गर्नु भएको हो । बुटवल उपमहानगरपालिकाको सहयोगमा स्थापना गरिएको पुरस्कार सोमबार प्रदान गरिएको हो । पुरस्कृत पत्रकार गिरी मेचिकाली दैनिकमा, पाण्डेय गोरखापत्र दैनीकमा र केसी बुटवल टुडे दैनीकमा कार्यरत हुनुहुन्छ ।
बुटवल उपमहानगर पालिकाका प्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रादेवी अर्याल र नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष नितु पण्डीतले पुरस्कार प्रदान गर्नु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष नितु पण्डीत, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल लगायतले बधाई तथा शुभकामना दिनु भएको थियो । अध्यक्ष दिनेश पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव सिपी खनालले गर्नुभएको थियो ।
You might also like