Nepali News Portal

ओली, प्रचण्ड , माधव र झलनाथको एउतै स्वर: कम्युनिष्ट बीच कार्यगत एकता संगसंगै पार्टी एकतामा जोड

ओली, प्रचण्ड , माधव र झलनाथको एउतै स्वर: कम्युनिष्ट बीच कार्यगत एकता संगसंगै पार्टी एकतामा जोड
काठमाडौं । मदन भण्डारी फाउन्डेसनले मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रम कम्युनिष्ट पार्टीहरुको लागी एउटा महत्त्वपूर्ण कार्यक्रम बन्न पुगेको छ ।
पुर्ब राष्ट्रपति बिधादेबि भण्डारी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा प्राय दुई धुर्बमा देखिने एमाले र नेपाली कम्युनिष्ट पार्टीका नेताहरु विचको मिलनको केन्द बन्न पुग्यो । जहाँ उहाँहरुले एकता मै बल र शक्ति हुन्छ भन्ने प्रमाण स्वरुप कार्यकर्ता पङ्तिमा एकता र सहकार्यको सन्देश दिन सफल हुनु भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुस्पकमल दाहाल प्रचण्ड , सह संयोजक माधव कुमार नेपाल , पुर्ब प्रधानमन्त्री नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनाल एउटाै मन्त्रमा देखिनु मात्र भएन कम्युनिष्ट पार्टी एकतामा जोड समेत दिनु भयो ।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान परिस्थितिमा प्रतिगमनका चुनौतीहरू सामना गर्न सबै लोकतान्त्रिक र वामपन्थी शक्तिहरूबीच कार्यगत एकता आवश्यक रहेको बताउनु भयो ।
नेता ओलीले अहिले समाजवाद निर्माणको बहसभन्दा प्रतिगमनलाई पराजित गर्ने विषय प्राथमिक भएको बताउदै भन्नु भयो -” यतिबेला समाजवाद निर्माण कहाँबाट गर्नु? यहाँ त प्रतिगमनले आक्रमण गरेर हैरान बनाइरहेको छ। प्रतिगमनलाई पराजित गर्ने मुख्य बेला आएको छ। सबै लोकतान्त्रिक र वामपन्थी शक्तिहरूले कार्यगत एकता गरेर प्रतिगमनलाई पराजित गर्नुपर्छ,’
ओलीले विश्वभर अस्थिरतावाद, लोकप्रियतावाद र हिंसात्मक गतिविधिलाई प्रोत्साहन गर्ने प्रवृत्ति बढिरहेको उल्लेख गर्दै राम्रो कामको प्रशंसा नगरी चरित्रहत्या गर्ने संस्कृति फैलिएको टिप्पणी गर्नु भयो ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक परिस्थितिमा संविधान, गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न ढिलाइ नगरी वामपन्थी शक्तिहरूबीच कार्यगत एकता गर्न आह्वन गर्नु भयो ।
उहाले नेपालमा कम्युनिस्ट आन्दोलन र यसको प्रभाव कमजोर पार्ने प्रयास भइरहेको दाबी पनि गर्नु भयो ।
‘सरकार संविधानका आधारभूत मान्यतामा प्रहार गरिरहेको छ। कम्युनिष्ट आन्दोलनलाई कसरी सिध्याउने भन्ने प्रयास भइरहेको छ। नेपालमा कम्युनिष्ट प्रभावलाई कसरी समाप्त गर्न सकिन्छ भनेर देशभित्र र बाहिरका शक्तिहरू लागिरहेका छन्,’ उहाँले भन्नु भयो ।
यस्तो अवस्थामा राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र निरंकुशताविरुद्ध सबै वामपन्थी शक्तिहरू तत्काल सहकार्यमा उभिनुपर्ने उहाँको भनाइ छ ।
‘ढिलो नगरी राष्ट्रिय स्वाधीनताका पक्षमा, निरंकुशताका विरुद्ध र वैदेशिक दबाबका विरुद्ध वामपन्थीहरू एक हुनुपर्छ। कार्यगत एकता आजै गरौँ। सहकार्य जति ढिलो गर्‍यो, दुर्घटना त्यति नै छिटो हुनेवाला छ,’ उहाँले भन्नु भयो ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनमा दिगो र सिद्धान्तनिष्ठ एकताको आवश्यकता औँल्याउँदै भावनात्मक र संगठनात्मक आधार बलियो बनाएर एकीकरण सफल हुने बताउनु भयो ।
‘मिलेको विषयमा मिलेर अगाडि बढ्ने हो। मन मिल्दै गयो, भावना मिल्यो भने एकताबद्ध हुने हो। आज मिलेको छ, भोलि फुटेको छ भन्ने होइन। बलियो एकता हुनुपर्छ, सिद्धान्तनिष्ठ एकता हुनुपर्छ, विधि–पद्धतिमा दह्रो हुनुपर्छ,’ नेपालले भन्नु भयो ।
उहाले संगठनभित्र नियम, कानुन र विधिको पालनालाई सबैले आफ्नो दायित्वका रूपमा स्वीकार गर्नुपर्ने उल्लेख गर्दै त्यसले मात्रै एकतालाई दिगो बनाउने बताउनु भयो ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले कम्युनिस्ट शक्तिहरूबीचको विभाजन अन्त्य गर्दै कार्यगत एकतामार्फत देशलाई अघि बढाउनुपर्ने बताउनु भयो
नेता खनालले कम्युनिस्ट नेताहरूबीच आपसी कटुता अन्त्य गर्नुपर्नेमा जोड दिनु भयो ।

 

You might also like
Leave A Reply

Your email address will not be published.