प्युठान । सवारी दुर्घटनामा प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानामगरको ज्यान गएको छ । ५० वर्षीय रानामगर आफैले चलाएको लु प्र १/००१ झ ०००८ नं. को गाडी अनियन्त्रीत भई दुर्घटना हुँदा घटनास्थलमै ज्यान गएको हो ।
स्वर्गद्वारीबाट धनवाङ तर्फ जादै गरेको गाडी स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्ला भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक सुजनबाबु बिश्वकर्माले जानकारी दिनु भयो । शनिबार साँझ पौने ५ बजेतिर उपप्रमुख राना आफैंले चलाएको जिप सडकदेखि करिब ६ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिपमा उपप्रमुख एक्लै सवार रहेको प्रहरीले जनाएको छ ।
उहाँ नगरपालिकाको योजना अनुगमन गर्न जानू भएको थियो । दुर्घटनामा पुर्न अघि नगरपालिलाका कर्मचारी सँगै अनुगमनमा निस्किनु भएका उहाँले कर्मचारीलाई छाडेर पुन: अर्को योजना अनुगमन गरी घर जाने क्रममा दुर्घटनामा परेको स्वर्गद्वारी नगरपालिकाका वडाध्यक्ष गिरबहादुर गुरुङले जानकारी दिनु भयो ।