Nepali News Portal

यस्तो बन्दैछ तिनाउ नदीमा ‘सिग्नेचर पुल’ , ठेक्का आह्वान

बुटवल। बुटवलको तिनाउ नदीमा ‘सिग्नेचर पुल’ निर्माण गर्न सरकारले ठेक्का आह्वान गरेको छ ।
चालु आर्थिक वर्ष २०८२र८३ को बजेटमा सरकारले नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण सुरु गर्देछ । सोही अनुसार नारायणी नदीमा पुल निर्माण सुरु भएको छ भने तिनाउमा पुल निर्माण गर्न ठेक्का आह्वान गरिएको छ ।
सडक विभाग महानिर्देशक डा. विजय जैसीका अनुसार नारायणी र तिनाउ नदीमा उस्तै प्रकृतिका आकर्षक पुल बनाउने योजना सहित अहिले ठेक्का आह्वान गरिएको हो ।
सडक विभागले शुक्रबार तिनाउ नदीमा सिग्नेचर पुल निर्माण प्रयोजनका लागि बोलपत्र आह्वान गरेको हो ।
सडक विभागले ‘डिजाइन एन्ड बिल्ड’ मोडेलमा यो पुलको ठेक्का दिन लागेको हो । बुटवलस्थित चेनेज ५८९–००० मा यो पुल पर्छ । सिग्नेचर पुल सामान्यतया कलात्मक र आकर्षक हुन्छ । जसले सहरको शोभा बनाउनुका साथै पर्यटकीय आकर्षणका रूपमा समेत प्रयोग गर्ने गरिन्छ ।


सडक विभागका अनुसार तिनाउ नदीमाथि चार लेनको पुल बन्ने छ । जसको लम्बाइ २ सय ३० देखि २ सय ४० मिटरसम्म हुनेछ । सडक विभागले यसअघि नै गरेको विस्तृत अध्ययन र पुलका डिजाइनका नमुना समेत तयार पारेको छ ।
पूर्व–पश्चिम राजमार्गको पुल भएकै स्थानको छेउमा नयाँ पुल बनाउने योजना छ । यस पुलको लागत भने सार्वजनिक गरिएको छैन ।

You might also like
Leave A Reply

Your email address will not be published.