बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त हुनु भएको छ ।
तत्कालीन नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेद्बार भए पनि प्राविधिक रुपमा (नेपाली कांग्रेसको चुनाव चिन्हबाट निर्वाचित) बाट वडाध्यक्षमा निर्वाचित भएका ढकाल पार्टी छाडेसँगै पदमुक्त हुनु भएको हो ।
निर्वाचिन आयोगले एक सूचना जारी गरी दल छाड्ने वडाध्यक्षसहित गुठीचौर गाउँपालिका जुम्लाका अध्यक्ष दानबहादुर बुढा र पाहल्लीनन्द गाउँपालिका (नवलपरासी) की उपाध्यक्ष फातिमा खातुन पदमुक्त भएको जनाएको छ ।