Nepali News Portal

जनतासंग माओवादी तराई मधेश हुलाकी मार्ग जागरण अभियान रुपन्देहीमा

बुटवल । ‘जनतासंग माओवादी तराई मधेश हुलाकी मार्ग जागरण अभियान’ अन्तर्गत गणतान्त्रिक नेपालका प्रथम प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको अभियान टिम आज रुपन्देही जिल्ला प्रवेशमा प्रवेश गरेको छ ।
पार्टीको जिल्ला समितीले अभियानका केन्द्रीय टोलीलाई रोहिणीको धकधईमा स्वागत गरेको छ । स्वागत गर्न आयोजित सभामा अध्यक्ष प्रचण्डले सम्बोधन गर्नुहुँदै अभियान जनतामा उत्साह थपेको बताउनु भयो । “म पनि उत्साहित भएको छु ।” उहाँले भन्नु भयो-” मर्निङ शो द डे ।”
अभियानमा उपाध्यक्ष अग्नि सापकोटा, उपाध्यक्ष कृष्ण बहादुर महरा, महासचिव देब प्रसाद गुरुङ, सचीव तथा लुम्बिनी प्रदेशका इन्चार्ज चक्रपाणि खनाल बलदेव, स्थायी समिती समिती सदस्य जोख बहादुर महरा लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल केन्द्रिय सदस्यहरुको सहभागीता रहेको छ । रुपन्देहीमा भोलि अध्यक्ष प्रचण्ड विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ ।
बैशाख ४ गतेका कार्यक्रमहरु :
१. बिहान ५:३० देखि ८:३० सम्म : मर्निङ्गवाक र जनसंवाद – भैरहवा मिलनचोकदेखि, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनीरोड हुँदै बुद्धचोकसम्म ।
२. बिहान ९ बजेदेखि १० बजेसम्म : प्रशिक्षण – युवा विद्यार्थी र वाइसिएल (होटेल पौवा)
३. बिहान १० देखि ११:३० बजेसम्म : अन्तरक्रिया – बुद्धिजिवी, नागरिक समाज र उद्योग व्यापार संघ (होटेल पौवा)
४. बिहान ११:३० बजे: सहिद परिवारसँग भेटघाट र सामूहिक खाना
५. दिउसो २ बजे : मर्चवारको मझगावामा बृहत् आमसभालाई सम्बोधन
६. दिउसो ४ बजे : केन्द्रीय अभियान कपिलबस्तु जिल्ला प्रस्थान ।

You might also like
Leave A Reply

Your email address will not be published.