बुटवल । आईएमई लाईफ इन्स्योरेन्स बुटवल शाखा र साधना पोलिक्लिनिक प्रालि देबदह बिच कर्मचारी , अभिकर्ता बिमितहरुको उपचारमा सहुलियत दिने सहमति भएको छ ।
सम्झौता अनुसार बिमितहरुले २५ प्रतिसत सम्म उपचारमा छुट पाउने छ्न । एक्सरेमा १० प्रतिशत भिडियाे एक्सरेमा रु२०० , ल्याव टेस्ट १५ प्रतिशत , औषधी ५ प्रतिशत , ओपिडि काड २५ प्रतिसत , बेड चार्जमा २५ प्रतिसत छुट उपलब्ध हुनेछ ।
आईएमई लाईफ इन्स्योरेन्स बुटवल शाखा प्रमुख बिमल छन्तेल र पोलिक्लिनिकको तर्फबाट मेडिकल डाइरेक्टर डा . बिष्णु ढकाल शर्माले हस्ताक्षर गर्नु भएको छ । भदौ २६ गते भएको दुइ पक्षको सम्झौता २ बर्ष सम्म बहाल रहने छ ।