Nepali News Portal

अखिल नेपाल ललितकला संघ लुम्बिनीमा घिमिरे

बुटवल । नेकपा(माओवादी केन्द्र) निकट अखिल नेपाल ललितकला संघ लुम्बिनी प्रदेशकाे भेलाले खेम घिमिरेकाे अध्यक्षतामा २१ सदस्यीय कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमम बाल गोविन्द त्रिपादी(कपिलवस्तु),दिलिप रोका(रूपन्देही),सचिव विष्णुप्रसाद सुवेदी(रूपन्देही),सहसचिव डिबी भण्डारी(बाँके) काेषाध्यक्ष रामऔतार चौधरी रहनु भएको छ ।

त्यसै गरि सदस्यहरूमा ,निलम राहदी मगर,अर्जुन पाठक,नर बहादुर चौधरी,सन्दीप चौधरी रहनु भएको छ। संयाेजक खेम घिमिरेकाे अध्यक्षता र केन्द्रीय समिति अध्यक्ष केशवराज खनालकाे प्रमुख आतिथ्य तथा जनसांस्कृतिक महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष मार्क्सवादी साैन्दर्यशास्त्री कविराज पाैडेल र सचिवालय सदस्य नरेन्द्र भण्डारी र प्रदीप अधिकारी, ललितकला प्रज्ञा- प्रतिष्ठानको मुर्तिकला बिभागका प्रमुख दिनेश्वर महतो लगायतको अतिथिहरुको आतिथ्यमा आज बुटवलमा भेला सम्पन्न भएको हो ।

You might also like
Leave A Reply

Your email address will not be published.