Nepali News Portal

विमानघाट पुस्तक विमर्श कार्यक्रम सम्पन्न

बुटवल।  शनिवार बुटवलमा पुस्तक बिमर्श कार्यक्रम सम्पन्न भएको छ ।साहित्यकार रुद्र ज्ञवालीको लघुकथा सङ्ग्रह विमानघाट पुस्तक विमर्श कार्यक्रम घुम्ने किताब तथा पाठक मञ्च बुटवलको आयोजनामा  ज्ञानज्योति पुस्तकालय सुख्खानगरमा गरिएको हो।

कार्यक्रममा देवी वाग्ले, प्रा डा.हिरण्यलाल ज्ञवाली , वनमाली निराकार विजय सागर रामचन्द्र श्रेष्ठले पुस्तकको   विमर्श प्रस्तुत गर्नुभयो।विमर्शका क्रममा उठेका जिज्ञासाहरू को बारेमा साहित्यकार रुद्र ज्ञवालीले  प्रकाश पार्नुभएको थियो। शारदा खनालको संचालन मा सम्पन्न उक्त कार्यक्रममा देबदह,कपिलवस्तु नवलपरसी ,भैरहवा बुटवल लगायतका दुई दर्जन बढी स्रष्टाहरुको उपस्थिती रहेको थियो।

You might also like
Leave A Reply

Your email address will not be published.