Nepali News Portal

रोटरी क्लव अफ बुटवल चौतारीले पायो दुई अवार्ड

बुटवल।
रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ अन्तर्गत रिजन फाईभका क्लवहरुको भाइब्रेन्ट क्लव कार्यशालामा रोटरी क्लव अफ बुटवल चौतारीलाई दुईवटा अवार्ड प्रदान गरिएको छ ।

रोटरी क्लव अफ बुटवल चौतारीले दुईवटा विषयमा अवार्ड पाएको क्लवका अध्यक्ष नुमलाल पौडे (नुमेन्द्र) ले जानकारी दिए । उक्त कार्यशालामा क्लवले सबैभन्दा बढी सदस्य उपस्थिति गराएको भन्दै अवार्ड प्रदान गरिएको हो । कार्यशालामा रोटरी क्लव अफ बुटवल चौतारीबाट २४ जना उपस्थित भएका थिए ।

त्यस्तै क्लवले होस्ट गरेको भन्दै अर्को अवार्ड पनि प्रदान गरिएको अध्यक्ष पौडेलले बताए । रिजन ५ मा भोट अफ थ्याङ्स पनि रोटरी क्लव अफ बुटवल चौतारीले नै पाएको छ । र्काशालामा २०७ जना जम्मा उपस्थिति मध्ये रोटरी क्लव अफ बुटवल चौतारीबाट मात्रै २४ जना सहभागी थिए ।

You might also like
Leave A Reply

Your email address will not be published.