Nepali News Portal

लुम्बिनी प्रदेशको राजधानी केही क्षेत्र डुबान, ढल निकास अबरुद्ध हुँदा मन्त्रालय जलमग्न

राप्ती उपत्यका (देउखुरी ) ।  दाङमा गएराती देखि परेकाे भिषण बर्षापछि आएकाे बाढी बस्तीमा पस्न थालेकाे छ । लगातारको बर्षाका कारण दाङकाे देउखुरीका बस्ती डुबानमा पर्न थालेका हुन् । ढल निकास अबरुद्ध हुँदा मन्त्रालय जलमग्न भएका छ ।
राप्ती गाउँपालिका-५ लठ्ठहवा, पहरूवा र कालापानी लगायतमा गाउँमा बाढी पसेको छ । बाढीका कारण उच्च जाेखिममा परेका घरका नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ। सुरक्षा निकायहरुले उच्च जाेखिममा परेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न थालेका हुन् ।
लगातार पानी परिरहेकाले स्थानीय खहरे खाेलामा जलसतह बढेकाे छ। यस्तै, इलाका प्रहरी कार्यालय, सिसहनियाँकाे भवन पनि डुबानमा परेकाे छ। कार्यालयकाे सामग्रीहरू सुरक्षित स्थानमा सारिएको छ।
यस्तै, राप्ती नदीमा जलसतह बढ्दै गएकाे छ। नदी तटीय क्षेत्रमा डुबान र कटानकाे जाेखिम उच्च रहेकाले सतर्क रहन अपिल गरिएको छ। राप्ती नदिले बगाउदा एक जना बेपत्ता देउखुरीमा राप्ती नदीकाे बाढीले एक जनालाई बगाएकाे छ । लमही नगरपालिका-७, हस्नापुर स्थित राप्ती नदिकाे बाढीमा फसेका मध्ये दुई जनाकाे सकुशल उद्दार गरिएको छ भने एक जनालाई बाढीले बगाउँदा वेपत्ता भएका छन् ।
राजपुर गाउँपालिका-२ का किसान दुध विक्री गर्न लमही आएकाे र फर्किने क्रममा राप्ती नदीकाे बाढीमा फसेका थिए ।
तीन जना संगै रहेपनि एक जनालाई बाढीले बगाएकाे र दुई जना सिमलकाे रुखमा चढेर सुरक्षित बसेका थिए ।
नेपाल सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखाेलाबाट खटिएकन सुरक्षाकर्मीले दुई जनालाई सकुशल उद्दार गरेकाे प्रहरी सहायक निरिक्षक प्रकाश ढकालले जानकारी दिए ।
राजपुर-२ निवासी ४८ बर्षीय तुलाराम यादव र ४० बर्षीय दयाराम यादवकाे उद्धार गरिएको छ । उनीहरु संगै साथमा रहेका १८ बर्षीय राजकुमार यादव भने बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
उता गुल्मीको रूरूक्षेत्र गाउॅपालिका-३ थोर्गाको ठॅाटीमा पहिरोले स्थानीय उजेली बिकको घर पुरेको छ ।घर भित्रै पुरिएकी उजेली बिकको स्थानीयले जिवितै उद्दार गरेका छन्। । केहि दिनदेखि भएको बर्षाका कारण गुल्मीका विभिन्न सडक अवरुद्ध भएका छन ।

You might also like
Leave A Reply

Your email address will not be published.