Nepali News Portal

बुटवल उप-महानगरपालिकाको रक्त सम्बन्धि निशुल्क सेवाले बिपन्न सेवाग्राही लाभान्वित

सुनिता चुदाली                                                                        बुटवल । बुटवल उप- महानगरपालिका वडा न.  ११ देविनगरका ३८ बर्षका सत्यनारायण  चौधरीका दुबै मिर्गौलाले काम गर्न छोडेको २ बर्ष भयो । उनले अहिले  हप्ताको तिन पटक डायलासिस गर्छन् । उनलाइ एक पटकमा एक पोका रगत चढाउनु पर्छ। उनको लागि हप्ताको तिन पोका सम्म रगत चाहिन्छ। कहिलेकाही अवस्था हेरेर ३/४ पोका पनि चाहिन्छ ।
चौधरी कामको शिलशिलामा वैदेशिक रोजगारको सिलसिलामा दुबईमा थिए । दुइ बर्ष अघि मिर्गौलामा समस्या देखिएपछि उनी नेपाल फर्किए । मिर्गौलामा समस्या देखिएपछि काठमाडौको ग्रान्डी अस्पतालमा चेक जांच गराउदा दुबै  मिर्गौलाले पुर्ण रुपमा काम गर्न छोडिसकेको रहेछ ।  अब उनलाइ हप्ताको तिन पटक डायलाइसिस गर्नुपर्ने  भयो। केहि समय सम्म काठमाडौ ग्रान्डि हस्पिटलको उपचार  गरे पछि उनले
बुटवल घर भएका कारण बुटवल स्थित सिद्धबाबा हस्पिटलमा  डायलाइसिस गर्न शुरु गरे ।  डायलाइसिसको लागी रगत चढाउनु पर्ने हुन्थ्यो। शुरु शुरुका दिनहरुमा रगत प्रति पोका ७५० र  बिचमा ९५० सम्म सेवा शुल्क तिरेर रगत ल्याउने उनले अहिले रक्तसञ्चार केन्द्रमा गएपछि निशुल्क रगत पाउछ्न ।
बुटवल उपमहानगरपालिकाले २०७९ पौष  महिनादेखि बुटवलमा रगत निशुल्क गराएको हो । त्यो कुरा उनले ०८० बैशाखमा रक्त सन्चार केन्द्र बुटवलको सूचना पाटिमा टासेको सुचना देखेर थाहा पाए । अनि उनले निशुल्क रगत पाइने कुरा थाहा  पाएर निशुल्क रगतको सेवा लिन थालेका हुन ।” पहिलो पटक रगत लिदा नागरिकताको फोटोकपि लिएर जानुपर्दोरहेछ ।” उनले भने -“त्यस पछि भने चाहिने रगत सजिलै पाइदो रहेछ ।” चौधरी  भन्छन – हामि जस्तो सर्वसाधारण मान्छेको लागि  बुटवल उपनगरपालिकाले गरेको यो कार्य  एकदमै राम्रो छ ।” रगतको सेवा शुल्क तिर्न समेत नसक्नेको लागी नगरपालिकाले दिएको सुबिधाले राहत मिलेको उनी बताउँछन । अहिले उनको आयआर्जनको आधार भनेको अटो रिक्सा हो । वुटवलमा रिक्सा चलाएर धौधौले जिविकोपार्जन गरेको उनले बताए ।
त्यस्तै बुटवल -१२ तामनगर बुद्ध टोलका ५४ वर्षिय रत्न बहादुर थापा क्यान्सर रोगका बिरामी हुन । थापालाइ पनि हप्तामा ३/४ पोका रगत चाहिन्छ । विगत ३ बर्ष देखि उपचाररत थापाले पहिले रक्तसञ्चार बाटै ७५० देखि १०५० सम्म तिरेर १ पोका रगत ल्याउथे। उनले पनि रगत लिन जादा बुटवल उपमहानगर पालिकाले टासेको सुचना देखेपछि सोहि सुचनामार्फत रगत निशुल्क भएको थाहा पाएका हुन ।
अहिले उनले रगत लिन जादा निशुल्क रुपमा सहजै पाइएको बताए । “पहिले भन्दा अहिले सजिलै रगत पाइन्छ।” उनले भने । पहिले भरतपुर क्यान्सर अस्पतालमा उपचार गराएका उनि अहिले मेडिटेक हस्पिटल बुटवल मा रगत चढाउदै आएका छ्न ।यस्तो राम्रो कार्यको लागि बुटवल उपमहानगर पालिकालाइ धन्यवाद व्यक्त गरे । “हामि जस्ता न्युन आय हुने जनताका लागि नगरपालिका ले बिर्सनै नसक्ने गुन लगाएको छ।” उनले थपे ।
उता बुटवल १९ मोतिपुरका गोपाल थापा पनि मिर्गौलाका बिरामी हुन । उनलाई पनि ३ महिनादेखि स्वास्थ्य अवस्था हेरेर रगत चढाउन पर्ने हुन्छ । हप्ताको २ पटक डायलासिस गर्नुपर्ने उनलाइ कहिले हप्तामा २ पोका त कहिले १ पोका रगत चाहिन्छ। पहिलोपटक नै उनले चाहिएको रगतको लागी पैसा तिर्न परेन ।” चाहिएको रगत रक्त संचार केन्द्रमा गएपछि सजिलै व्यवस्था हुने रहेछ, जति चाहिएपनि ल्याउन सकिदोरहेछ।” रगत निशुल्क उपलब्ध हुने कुरा पनि उनले रक्तसन्चारमा टासिएको सूचनाबाटै थाहा पाएका हुन ।
“पहिले पहिले अलि अलि झन्झट हुन्थ्यो सायद रगत अभाव भएर पनि होला । धेरै संघ सस्थाहरुले रक्तदान मा साथ दिएकाले पनि होला । अहिले रगत सजिलै उपलब्ध हुन्छ ।” खुशि हुदै भने -हामिजस्ता सर्वसाधारणको लागि यस्तो व्यवस्था गरिदिने बुटवल उपमहानगर पालिकालाइ धेरै धेरै धन्यवाद ।”
बुटवल उपमहानगर पालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले २०७९ पौष महिनादेखि शुरु भएको यो अभियान बुटवलका सबै हस्पिटलहरुमा सम्झौता भएको बताउछ्न। “बुटवलवासीमा नागरिकलाई व्यवस्थित अनि छिटो छरितो सेवा र सुविधा दिने हाम्रो अभियान हो । राम्रो भैराखेको छ।” उनि भन्छ्न – त्यहाँ सेवा लिन आउने सेवाग्राहिहरु पनि खुशी देखिनुहुन्छ ।” बुटवल उपमहानगरले रक्तसञ्चार केन्द्र बुटवललाई बार्षिक २० लाख अनुदान उपलब्ध गराई सेवा निशुल्क गराएको उनले बताए । अहिले बुटवल उपमहानगर पालिका र रेडक्रस सोसाइटिबिच आवश्यक रगत पर्याप्त होस भन्नका लागि शिविरहरु , सचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने समझदारी अनुरुप कार्यक्रमहरु पनि भैराखेका छ्न । संघ संस्थाहरुले पनि बेला बेलामा गर्ने रक्क्तदानले पनि रक्त अभाव पुर्तिमा टेवा पुगेको छ।
बुटवल उपमहानगर पालिकाका प्रमुख खेलराज पाण्डेले नगरबासीका लागी सहुलियत होस भनेर बुटवल उपमहानगर पालिका र नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र बीच सम्झौता गरि सेवा प्रदान गरिएको बताए । बुटवलवासिले बुटवलका अस्पतालहरुमा उपचाररत रहदा आवश्यक पर्ने चाहिनेजति रगत र रक्तजन्य पदार्थ लिदा कुनैपनि शुल्क तिर्नु पर्दैन । “यो सेवाले बिपन्न बर्ग बढी लाभान्वित हुनु भएको छ ।” उनले भने । बुटवल उपमहानगर पालिका र नेपाल रेडक्रस सोसाइटिबिच आवश्यक रगत सेवा शुल्क नलिई पर्याप्त उपलब्ध गराउन भएको सम्झौताले न्युन आयश्रोत भएका धेरै जसो मिर्गौला र क्यान्सरका बिरामीलाई लगायत सबै खालका बिरामिलाई ठूलो राहत पुगेको छ । नगरप्रमुख पाण्डेले यो सेवा लाई अझै प्रभावकारी रुपमा ब्यवस्थित बनाउदै समग्र स्वास्थ्य सेवालाई सर्बसुलभ र निशुल्क बनाउने बताए ।

You might also like
Leave A Reply

Your email address will not be published.