Nepali News Portal

उत्कृष्ट मानिएका बिधालयको नतिजा कमजोर, संस्थागत बिधालय उत्साहित

उत्कृष्ट मानिएका बिधालयको नतिजा कमजोर, संस्थागत बिधालय उत्साहित
बुटवल । यस अघि उत्कृष्ट कहलिएका सामुदायिक बिधालयहरु  माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा पछी परेका छ्न । सरकारले सामुदायिक विधालयलाई विभिन्न शिर्षक तथा नमुना बिधालयको नाममा लगानी बढाएता पनि ती बिधालयले उत्कृष्ट नतिजा दिन असफल भएका हुन ।
रूपन्देहीका ३५ वटा सामुदायिक र निजी विद्यालयका ८० जनाले ४ जीपीए अंक ल्याएका छन् ।
बुटवलका उत्कृष्ट मानिने चार सामुदायिक विद्यालय कालिका, शान्ति नमुना, कान्ति र नविन औद्योगिक कदरबहादुर रिता माविको नतिजा कमजोर देखिएको छ । सामुदायिकको तुलनामा संस्थागत (नीजि) विद्यालयहरु अगाडि देखिएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई रूपन्देहीका अधिकृत झविलाल विकका अनुसार रूपन्देहीबाट एसईईमा सहभागी भएका ३ सय ४५ विद्यालयमध्ये नीजि तर्फको बुटवलको अक्सफोर्ड बोर्डिङ स्कुलबाट ११ जनाले ४ जीपीए ल्याएका छन् । त्यस्तै दोस्रोमा बुटवलकै दिप बोर्डिङबाट ७, तेस्रोमा तिलोत्तामा नगरपालिकाको प्यारामाउण्ट बोर्डिङबाट ६ जनाले ४ जीपीए ल्याएका छन् ।
सामुदायिक तर्फ कालिका मानव ज्ञान माविबाट ४, कान्ति माविबाट ४, नविन औद्योगिक कदरबहादुर रिता माविबाट १ र तिलोत्तमाको शान्ति नमुना स्कुलबाट १ जनाले मात्र ४ जीपीए ल्याएका छन् । निजीको तुलनामा सामुदायिक विद्यालयहरु एसईईको नतिजाप्रति सन्तुष्ट देखिएका छैनन् । यस पटक सम्बन्धित परीक्षा सेन्टरमै उत्तरपुस्तिका परीक्षण गरिएको थियो ।
शिक्षा विकास तथा समन्वय ईकाईका अनुसार २०८२ को एसईईमा रूपन्देहीबाट ३ सय ४५ विद्यालयका १७ हजार ४ सय ४३ विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ५ हजार ७ सय ८५ जना अनुत्तीर्ण भएका छन् ।
नतिजा सुधार्दै स्कलर्स होम
बुटवल । बुटवल- ९ काे स्कलर्स होमले यस वर्षको एसइई नतिजामा उत्कृष्ट सफलता हासिल गरेको छ। विद्यालयका प्राचार्य बाबुराम बञ्जाडेका अनुसार सक्षम सिंहले सबैभन्दा उच्च ३.९१ जीपीए प्राप्तगर्नु भयो भने श्लेसा शर्माले ३.९ जीपीए ल्याउन सफल हुनु भयो ।
विद्यालयबाट एसइई परीक्षामा सहभागी ६६ जना विद्यार्थीमध्ये ८ जनाले ए प्लस, २५ जनाले ए तथा २८ जनाले बी प्लस ग्रेड प्राप्त गरेका छन्। विद्यालय प्रशासनले यस नतिजालाई विद्यार्थी, शिक्षक तथा अभिभावकको संयुक्त मेहनतको परिणाम भएको जनाएको छ।
प्राचार्य बञ्जाडेले आगामी दिनमा पनि शैक्षिक गुणस्तरलाई थप मजबुत बनाउने बताउनु भएको छ

You might also like
Leave A Reply

Your email address will not be published.