Nepali News Portal

राममणिमा प्रशिक्षण तथा कार्यशाला सम्पन्न

तिलोत्तमा ।
रूपन्देहीको मणिग्राममा सामुदायिक रूपमा सञ्चालित क्यू.ए.ए. प्राप्त क्याम्पस राममणिलाई अझ गुणस्तरीय बनाउनआज (बिहीबार) क्याम्पसमा आयोजित कार्यक्रममा जोड दिइएको छ ।

क्याम्पसमा गठित स्नातक तह पहिलो वर्षको क्वालिटी सर्कल (गुणस्तर समूह)का विद्यार्थीका लागि आयोजित प्रशिक्षण तथा कार्यशालामा सो कुरामा जोड दिइएको हो ।

सो अवसरमा क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले विद्यार्थीसमेत सबैपक्ष स्वस्फूर्त रूपमा अघि बढेमा क्याम्पस सहित स्थानीय क्षेत्रको विकाशमा टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा प्रशिक्षकहरूः मुक्तिनाथ गैह्रेले गुणस्तरका विषयवस्तुसहित क्यू.ए.ए. मा जाने प्रक्रिया एवम् त्यसका उपयोगिता सम्बन्धमा र जगन्नाथ बस्यालले बैठक सञ्चालन तथा अभिलेखीकरण विषयमाप्रशिक्षण दिनुभएको थियो ।

सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डेयको सञ्चालन एवम् स्वअध्ययन समूह (स्याट) का संयोजक नोवराज तिवारीको उपस्थितिमा कार्यक्रम भएको थियो । सहभागी विद्यार्थीले कार्यशालाका विषयमाथि समाधानमूलक सामूहिक जिज्ञासा सहित प्रस्तुति दिएका थिए ।

 

You might also like
Leave A Reply

Your email address will not be published.