बुटवल । आज नेपाली महिलाहरुको महान पर्व हरितालिका (तीज) पर्व । तीज नेपाली हिन्दू महिलाहरूको प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व हो। विशेषगरी हरितालिका तीज भगवान् शिव र माता पार्वतीसँग सम्बन्धित पर्वका रूपमा मनाइन्छ। यस दिन महिलाहरूले व्रत, पूजा, नाचगान तथा विभिन्न सांस्कृतिक गतिविधिमार्फत आफ्नो आस्था र परम्परालाई निरन्तरता दिन्छन्। यसै बिच लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले नेपाली महिलाहरूको महान् पर्व हरितालिका (तीज) को अवसरमा देश विदेशमा रहनु भएका लुम्बिनी प्रदेशवासी सम्पूर्ण आमा–बुवा, दाजु–भाइ, दिदी–बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ ।
उहांले सोमबार विहान शुभकामना सन्देश जारी गर्नुहुदै उहँंले विशेष गरी महिला दिदीबहिनीहरूमा राजनीतिक, आर्थिक, सामाजिक हरेक दृष्टिकोणले अब्बल र सक्षम बनाउन यो पर्वले अभिप्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नु भयो ।
हरितालिका (तीज) पर्व नेपालमा पौराणिक समयदेखि नै मनाउँदै आएको पाइन्छ । हाम्रो समाजमा यो पर्वको छुट्टै मौलिक परम्परा विकास भएकोले तीज विशुद्ध नेपाली पर्व हो ।
पूर्वीय सभ्यता अर्थात हिमाली दर्शनधारामा आधारित ऐतिहासिक संस्कार र संस्कृतिहरुमा आधारित हाम्रा चाडपर्व मध्ये नेपाली जनजीवनको सामाजिक–सांस्कृतिक पहिचान व्यक्त गर्ने यो पर्वको आफ्नै विशेषता र महत्व रहेको छ ।
<span;>पछिल्लो समय आधुनिकीकरणको नाममा भड्किलो कार्यले सांस्कृतिक पक्षलाई ओझेलमा पारेको भन्दै सभामुख घर्ती मगरले चिन्ता समेत व्यक्त गर्नु भएको छ । यसले मौलिकता कमजोर बन्दै गएको शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ । “सामाजिक मूल्यमान्यता बोकेको मौलिक सांस्कृतिक पर्वहरूमा विकृतिहरू घुस्न नदिनु हामी सबैको दायित्व हो । हाम्रा सामाजिक तथा सास्कृतिक चाडपर्वलाई आफ्नै मौलिकतामा मनाउनु पर्दछ ।” सभामुख घर्ती मगरले शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ– “तीजको नाममा हाम्रो समाजमा भित्रिएको भड्किलोपन जस्ता नकारात्मक र गलत प्रवृत्ति बढ्दै जाँदा आर्थिक भार मात्र होइन मौलिक संस्कृतिमा पनि असर पुगेको छ । तसर्थ तीज पर्वलाई सभ्य, शालिन श्रद्धा र समर्पण भावका साथ मौलिक पर्वको रूपमा मनाउन म अनुरोध समेत गर्दछु । ” धर्म, संस्कृति, परम्परासँग जोडिएका हाम्रा पर्वहरूले एकता, सामाजिक सद्भाव, सह–अस्तित्व, मानवताको विकास र सम्बन्ध सुदृढ गर्दै आएका छन् र ति पर्वहरूको संरक्षण गर्नु सबै नेपालीहरूको दायित्व रहेको सभामुख घर्ती मगरले सन्देशमा उल्लेख गर्नु भएको छ । उहांले जनयुद्ध, जनआन्दोलन तथा विभिन्न आन्दोलन, संघर्ष र क्रान्तिमा महिलाहरुले पु¥याउनु भएको योगदानको सम्मान समेत गर्नु भएको छ । शुभकामना सन्देशमा उल्लेख गरिएको छ– “राजनीतिक परिवर्तनमा नेपाली वीर महिलाहरूको अतुलनीय योगदान रहेको छ। म यो अवसरमा ती महान् चेलीहरूको योगदानलाई उच्च सम्मान व्यक्त गर्दछु ।” उहांले लुम्बिनी प्रदेश सभा महिलाहरूको हक अधिकार स्थापित गराउने सन्दर्भमा सकारात्मक भूमिकाको साथमा नीति तथा कानून निर्माण गर्दै आएको जनाउनु हुदै महिलाहरूलाई राजनीतिक नेतृत्वसँगै आर्थिक पहुँचको वृद्धि गरी सबल र सक्षम बनाउन जारी नीति तथा कानून निर्माणको लागि पहल गरिरहेको र आगामी दिनमा पनि पहल गरिने समेत प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।