Nepali News Portal

प्रधानमन्त्री प्रचण्डलाई सबै मन्त्रालयको जिम्मेवारी, तीन जना विनाविभागीय मन्त्रीले लिए

काठमाडौँ । सत्ता समीकरण फेरिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । सोमबार तीन जना नयाँ मन्त्रीले शपथ लिएसँगै मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो ।राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद आर्यालले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
योसँगै राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् गठन गरी कार्यविभाजन पनि गरेका छन् । नयाँ कार्यविभाजन अनुसार सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैले सम्हालेका छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.