Nepali News Portal

राप्ती नदीमा बस खस्दा १२ जनाको मृत्यु

देउखुरी । दाङ देउखुरीको राप्ती गाउँपालिका १ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु भएका ८ जनाको सनाखत भएको छ ।

बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेको थियो ।

इलाका प्रहरी कार्यालय भालुभाङका अनुसार दुर्घटनामा एक महिला सहित १२ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । मृतक १२ जनामध्ये २ भारतीय नागरिकसहित ८ जनाको सनाखत भएको छ । बाँकी ४ जनाको सनाखत भएको छैन । सनाखत नभएका चार जना मृतक पुरुष हुन् ।

मृत्यु हुनेमा नेपालगञ्जका ६० वर्षीया कुसम बस्नेत, मकवानपुर हेटौंडा बस्ने ३०र३५ वर्षीय सौरभ बिष्ट, जुम्लाको चन्दननाथ(९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामवरण हरिजन, रुकुम गोतामकोट(९ का २५ वर्षीय दीपक डाँगी, काठमाडौं चन्द्रागिरि नगरपालिका(१५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत पूर्वी चम्पाटनमलाहीका ६७ वर्षीय योगेन्द्र राम र भारत उत्तरप्रदेश अतिकुल्ला खैरे बस्ने ३१ वर्षीय मुनेको खनाखत भएको छ ।

बाँकी चार जना करिब ३० देखि ४५ वर्ष उमेर समूहका पुरुष रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । बस पुलको रेलिङ भाँच्दै दायाँतर्फ राप्ती नदीमा खसेको छ ।

यसैविच बस दुर्घटना प्राविधिक कारणले भएको चालकले बताएका छन् । सल्यान त्रिवेणी निवासी २८ वर्षीय चालक लालबहादुर नेपालीले प्रहरीसमक्ष चक्का नघुमेपछि  बस पुलबाट राप्ती नदीमा खसेको बयान दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले बस चालक लालबहादुरले शाफ्ट बिग्रिएर चक्का नघुमेपछि बस नदीमा खसेको बयान दिएको बताए । यद्यपि दुर्घटनाको प्राविधिक जाँच भने हुन बाँकी रहेको उनले बताए  । दुर्घटनामा सामान्य घाइते भएका चालक लालबहादुर प्रहरीको नियन्त्रणमा छन् ।

सभामुखद्धारा दुःख व्यक्त
यसैविच लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती गरले उक्त दुर्घटनामा ज्यान गुमाउने यात्रुहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शिघ्रस्वास्थ्य लाभको कामना गरेका छन । घाईतेहरुको उपचारमा कमी हुन नदिन सरोकारवालाहरुलाई उनको आग्रह छ । दिनानुदिन वढिरहेको सवारी दुर्घटनाप्रति चिन्ता व्यक्त गर्दै उनले दुर्घटना न्युनिकरणमा ध्यान दिन सरोकारवाला निकायको ध्यानकर्षण समेत गराएका छन ।

You might also like
Leave A Reply

Your email address will not be published.