Nepali News Portal

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गर्नु भएको छ ।
आज सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्। संसद्का ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले प्रतिनिधिसभाका २७४ जना सांसदलाई शपथ गराउनु भयो । तीमध्ये ४७ जना सांसदहरूले १७ मातृभाषामा शपथ लिएका छन्।उनीहरु आ–आफ्नो  भेषभूषामा सजिएर आउनु भएको थियो ।  प्रतिनिधिसभाको मुख्य हल निर्माण नभएका कारण बहुउद्देश्यीय हलमा शपथको कार्यक्रम राखिएको संसद सचिवालयले जनाएको छ ।
ज्येष्ठ सदस्य केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनु भएको थियो । नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.