लुम्बिनी सिटी कलेजमा विद्यार्थीहरुद्वारा स्वागत
बुटवल । लुम्बिनी सिटी कलेजमा बिहिवारका दिन विद्यार्थीहरुलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ । होटेल पौवा योगीकुटीमा संचालन गरिएको उक्त कार्यक्रममा बि.एस.सी. सी.एस.आइ.टी., बि.सि.ए.तथा बि.आइ.टी.एम. तेस्रो सेमेस्टरका विद्यार्थीहरूद्वारा प्रथम सेमेस्टर २०८२ ब्याचका विद्यार्थीहरूको लागी स्वागत गरिएको हो ।
नयाँ उज्ववल शैक्षिक यात्रामा कदम चाल्न गइरहेकोमा उज्ववल भविश्यको कामना तथा आइ.टी. क्षेत्रमा आफ्नो अलग पहिचान स्थापित गर्नका लागि शुभकामना दिने लुम्बिनी सिटी कलेजको विशेष तथा परम्परागत चलनलाई कायम हुनेगरी चैते दशै पर्वको अवसरमा कार्यक्रम उत्साहपूर्वक सम्पन्न गरिएको कलेजले जनाएको छ ।
उक्त कार्यक्रममा लुम्बिनी सिटी कलेजका अध्यक्ष तथा क्याम्पस प्रमुख प्रा.डा.गणेश प्रसाद पाठकले कार्यक्रमले विद्यार्थीहरुमा अनुभव आदान— प्रदान गर्नको साथै भातृत्व भावनाको वृद्घि हुने विश्वास व्यक्त गर्नु भयो । ” पठनपाठन मात्र नभएर विद्यार्थीहरुको व्यक्तिगत तथा व्यवहारिक व्यक्तित्वको विकास गर्न आवश्यक पर्ने सबै कदम चाल्न कलेज सधैं तत्पर छ ।” उहाँले भन्नुभयो ।
सहायक क्याम्पस प्रमुख नारायण प्रसाद भुसालले विद्यार्थीहरुमा आपसी सहकार्यमा प्राविधिक क्षमाताको विकास गर्ने कार्यक्रममा सहभागी भई रोजगारी तथा उद्यमशिलताको लागि तत्पर हुनेबानीको विकास गर्न सहयोग गर्ने बताउनुभयो । यस्ता कार्यक्रहरू कलेजले निरन्तर गरिरहेको तथा नैतिक तथा व्यवहरीक ज्ञानका साथै विद्यार्थीहरूलाई विभिन्न सीपमूलक तामिमा सहभागी बनाएर स्वरोजगार बन्न प्रेरित गर्न लुम्बिनी सिटी कलेज सदैब तत्पर रहने उहाँको भनाई थियो ।
उक्त कार्यक्रममा लुम्बिनी सिटी कलेजका बि.सि.ए.तथा बि.आइ.टी.एम. कार्यक्रम संयोजक विशाल कंडेल र बि.एस.सी. सी.एस.आइ.टी.कार्यक्रम संयोजक सुजन ढकालको समन्वय,तेस्रो सेमेस्टरका प्रतिनिधि शिवशंकर न्यौपानेको उद्घोषण, लुम्बिनी एलाइट अध्यक्ष कल्पित नेपालकोअध्यक्षता,उज्ववल गौतमको व्यवस्थापन तथा कक्षा प्रतिनिधिहरूको सहयोगमा उत्साहपूर्ण रुपमा कार्यक्रम सम्पन्न भएको हो ।
You might also like