Nepali News Portal

छालालाई यसरी बचाउन सकिन्छ, विशेषज्ञ चिकित्सकको यस्तो छ सुझाव

छाला हाम्रो शरिरको सबैभन्दा ठूलो अंग हो  । तपाई कल्पना गर्न सक्नुहुन्छ छाला विनाको शरिर कस्तो होला ? यस्तो महत्वपूर्ण छालाको विषयमा ध्यान नदिदा नेपालमा छालाका विरामीहरुको दिन प्रतिदिन संख्या बढ्दै छ । यससले तत्कालको लागि विकराल अवस्था श्रृजना नगरेपनि मानिसहरुलाई एउटा तनाव र चिन्ताको विषय छाला रोगको समस्या पनि हो । छालामा किन समस्या बढेको छ ? छालालाई कसरी बचाउने भनेर हामीले छाला रोग विशेषज्ञ डा मनोज सापकोटालाई सोधेका छौ । उहां अहिले नेपाली स्किन क्लिनिक बुटवलमा परामर्शदाता छाला रोग विशेषज्ञ चिकित्सकको रूपमा कार्यरत हुनुहुन्छ । प्रस्तुत छ उहांको जवाफ : सं.

१) नेपालमा छालाको कस्तो समस्या देखापर्ने गरेको छ ,कारण के होला ?
यहाँ भूगोलको हिसाबले सानो भए पनी धैरे थरीको मौसम पाइन्छ यो कारणले गर्दा मौसम अनुसार बिभिन्न खालका छालाका समस्याहरु देखीन्छ ।
हिमाली भेग– चीसो मौसमसंग सम्बन्धित समस्याहरु जस्तै चीसो पानीले तथा चीसो हावाले गर्दा औला सुनिने, नीलो हुनै दुख्ने तथा घाऊ हुने समस्याहरु देखीन सक्छ । चीसोको कारणले गर्दा दैनिक नुहाउन नसक्दा लुतो जस्ताो समस्या बारंबार देखीरहने हुनसक्छ ।
तराईभेग –गर्मी तथा पसीनासग सम्बन्धित समस्याहरु जस्तै दाद(Ring worm) तथा दूबीजस्तो देखिने ढूसीको समस्या देखिने हुन्छ । किरा धेरै लाग्ने समस्याले गर्दा किराले टोके र हूने एलर्जीहरु पनि धेरै देखीन्छ । घामबाट हुने ऐलर्जी र उकुजको पनी समस्याहरु देखिन्छ ।
पहाडीभेग– धेरै यात्रा गर्नुपर्ने अवस्थाले गर्दा पाछ्ने र त्यसबाट दाद जस्तो समस्याहरु निस्कीने धेरै देखिन्छ । घास दाऊरा गर्न जादा सामान्य चोटबाट हुने एलर्जीहरु पनी देखिन्छ । घामबाट हुने ऐलर्जी र उकुजको पनी समस्याहरु देखिन्छ ।
२) छालामा के कती कारणले गर्दा एलर्जी देखिन्छ ?
सरिरमा कुनै पनी कुराले प्रतिकूल असर पर्दा सरिरको रोगसग लड़ने क्षमताले दिने प्रतिक्रिया बिभिन्न रूपमा आउछ र कुनै प्रतिक्रिया छालामा पनी बिभिन्न रूपमा देखिन्छ र यसलाई नै एलर्जी भनीन्छ । एलर्जी बिभिन्न रूपमा आउन सक्छ जस्तै रातो डावर( Urticaria/ जाबे), आखां अनी मुख सुनिने, एक्कासी चिलाउने ।
धेरै कारणहरु मध्ये निम्नकारणले गर्दा एलर्जी हुने गर्दछः
१– दातमा हूने संक्रमण (Dental Carries)
२– घाटीमा हुने समस्या (Pharyngitis/ Tonsilitis)
३– घाममा लामो समय सम्म काम गर्दा
४– धुलो, पराल
५– जनावरको रौहरु
६– कुनै कुनै खानेकुराहरु (ब्याक्ति अनुसार भर पर्छ)
३. दाद कस्तो रोग हो ? यो कसरी फैलिन्छ ?
सरिरमा धेरै समय सम्म पसिना जम्मा भएर सरिरमा ढुसी आऊने र यो गोलो आकारको रातो अनी चिलाउने समस्याको रूपमा देखा पर्दछ र यो समस्यालाई दाद भनिन्छ । धेरै जसो गोलो आकारमा आउने भए पनी कैलेका हिज थाभाबी मलम लगाएर बिग्रेको आकार प्रकारको अवस्थामा पनी देखीन्छ जसलाइ Tinea Incognito भनीन्छ जसको उपचार गारो अनि खर्चिलो पनी हुने गर्छ ।
यो आफ्नाई सरिरमा एक ठाऊबाट अर्को ठाउ तथा एक ब्याक्तिबाट अर्को ब्याक्तिमा पनी सर्ने गर्दछ र माध्यमहरुमा एक अर्कासंग सम्पर्कमा आउने तथा कपडा साटेर लगाउदा सर्ने गर्दछ ।

४) जाडो महीनामा छालाको स्याहार कसरी गर्ने ?
जाडो मौसममा छालामा हुने असरहरुः सूख्खापन बढने र चीलाउने समस्या बढने हुन्छ । छालाको पत्रहरु निस्कीने समस्या बढ़ने साथै औलाहरु नीलो हुने, दुख्ने तथा घाऊ हुने समस्याहरु देखिने हुन्छ ।
जाडोमा छालाको स्याहार गर्ने तरीकाहरुः
चीसोबाट जोगिनको लागी उनको(woolen) पञ्जा लगाउन जसले गर्दा नीलो हुने अनी घाऊ हुने समस्याबाट जोगाउछ ।
– दैनिक चिल्लो क्रीमहरु सरिरमा पटक पटक लगाउने ।
– मनतातो पानीले नुहाउने बानी गर्ने ।
– साबुन लगाउदा glycerine भएको चिल्लो साबुनहरु लगाउने ।
५) hydrafacial के हो ? यो कत्तिको प्रभाबकारी हुन्छ ?
यो बिषेश प्रकारको छाला सफा गर्ने(deep cleansing) पद्दति हो । यो हरेक प्रकारको छालामा गर्न सकिन्छ । बिशेष गरी अनुहारको छालामा गरीने भएकोले फेसिअल भनिएको हो । अर्को फेसिअल भन्दा अलि फरक हुन्छ । अनुहारको छालाको ताजगी बढ़ाउन तथा छालालाई बुढ़ो हुन नदीन यसले विशेष भुमिका खेल्दछ ।
कुनै पनी छाला रोगको उपचारको रूपमा चाई येसलाई मात्र प्रयोग गर्न मिल्दैन । योसंगै अरु औषधीहरुको प्रयोगद्वारा बिभिन्न अनुहारको समस्याको उपचार गर्न सकिन्छ र यो एकदम प्रभाबकारी हुन्छ ।
६) धेरै जसो अनुहारमा चाया पोतो आउने गरेको पाईन्छ । यसलाई हटाउने उपाय के हो ?
चाया पोतोको उपचार सुरू गर्नु भन्दा अगाड़ी यो जान्न जरुरी छ कि पुरै हटाउन एकदम गारो हुन्छ र हरेक ब्याक्तिमा यस्को रिजल्ट फरक–फरक हुने भएकोले अरुसंग तुलना गर्न मिल्दैन । चायापोतो बढ्ने कारणहरु जान्न जरुरी छ । यसकारण चायापोतो वढ्ने गर्दछ ।
१– घामको हानिकारक किरण UV rays
२– mobile, TV,Tablet, Computer बाट निस्कीने Blue light
३– नजीक राखिएको लाइट ।
अन्त्यमा, छाला हाम्रो शरिरको लागि नभै नहुने तन्तु हो । यसलाई जोगाउन विशेष ध्यान दिन म सबैलाई सुझाव दिन्छु ।

प्रस्तुती : सुनिता चुंदाली/लुम्बिनी हेडलाईन्स

You might also like
Leave A Reply

Your email address will not be published.