बुटवल । बुटवल -६ नेपालगन्जरोडमा प्रधानकार्यालय रहेको आजाज बचत तथा ऋण सहकारी संस्था लिमेटेडको १६ औं बार्षिक साधारणसभा आज बुटवलमा सम्पन्न भएको छ ।
साधारणसभामा राष्ट्रिय सहकारी महासंघ लेखा सुपरिवेक्षण समिती संयोजक भिम तुलाचनले २०१३ साल देखी सहकारी अभियान सुरु भएकोमा अहिले तुहाउने प्रयास भएकाले सहकारी अभियान्ता अब जाग्न जरुरी रहेको बताउनु भयो । सरकार स्थिर नहुदाको परिणाम सहकारीले पनि भोग्नु परेको बताउनु हुँदै उहाँले सहकारीको कामले समाजलाई राम्रो सन्देश दिनु पर्ने बताउनु भयो ।
उहाँ सहकारी मापदण्ड र निर्देशिका अनुसार चलेकाले यसमा कुनै समस्या नरहेको र सहकारी अभियानमा आवाजले उत्कृष्ट सेवाको सन्देश दिएको बताउनु भयो । सहकारीसंग कारोबार विस्वसनिय बन्दै गएको बताउनु हुँदै उहाँले भन्नु भयो- ” बैंक अरुको लागि हो सहकारी आफ्नो लागी । त्यस कारण सहकारी मै कारोबार गर्नु राम्रो हुन्छ ।”
संस्थाका निवर्तमान अध्यक्ष बाबुराम बन्जाडेले सहकारी मार्फत बैंक खोल्ने उदेश्यले संस्था स्थापना गरेको स्मरण गर्दै बैंक भन्दा सहकारीले नै उत्कृष्ट सेवा दिने भएकाले सहकारीको बिकास गरिएको बताउनु भयो ।
सल्लाहकार राम प्रसाद खरेलले सहकारीमा स्वनियमन महत्त्वपूर्ण कुरा रहेको बताउनु हुँदै शेयर सदस्य सकृय हुन जरुरी रहेको बताउनुभयो ।
छिमेकी सहकारी धनबर्षा बचत तथा ऋण सहकारीका अध्यक्ष राधाकृष्ण देउजा सरकारले सहकारी एकीकृत योजना लिएमा आवाजसंग मर्ज हुन तयार रहेको बताउनु भयो ।
सहकारीका अध्यक्ष जीवन कुमार अधिकारीले बार्शिक प्रतिबेदन पेश गर्नु हुँदै सहकारीको श्रीवृद्धिको लागि संचालक समितीले निकै सुझबुझका काम गरेको बताउनु भयो । उहाँले आवाज सहकारीको काम कार्बाही पारदर्शि र बिश्वसनिय भएको बताउदै कतिपय सहकारीमा देखिएको समस्या नियमनकारी निकायबाट छिट्टै समाधान हुने बिश्वास व्यक्त गर्नु भयो । उहाँले १ करोड ८० लाख कोष स्थापना गरिएकोले सहकारी मजबुद रहेको बताउनु भयो । आगामी दिनमा सहकारी सदस्य वृद्धि गर्ने , युबा र महिला केन्द्रित कार्यक्रम गर्ने योजना पेश गर्नु भयो । संस्थाका सचिब बालकृष्ण पाण्डेको संचालनमा भएको साधारणसभा सभामा लेखा समिती संयोजक राजिव गौतमले सहकारीका मुल्य मान्यता र मार्गनिर्देशनलाई अंगिकार गरेको आफुले पाएको बताउदै सहकारीको सबै ईन्डिकेटर सकारात्मक रहेको बताउनु भयो । सहकारीका कोषााध्यक्ष स्वराजकुमार जैसवालले सहकारीको कुल वासलात २६ करोड ३२ लाख ८७ हजार १ सय ७४ रहेको जानकारी दिनु भयो ।
साधारणसभामा बाल बचतकर्ता ग्रृष्मा नेउपाने, उत्कृष्ट शेयर सदस्य बसन्त राना , उत्कृष्ट कारोबारी रोजिन मिया, उत्कृष्ट बचतकर्ता गङ्गा शर्मा , उत्कृष्ट कर्मचारी रिता कुमारी आचार्यलाई पुरस्कृत गरिएको थियो ।
You might also like