Nepali News Portal

स्थानीय तह र प्रदेश सभा बिच कानुन निर्माणमा सहकार्य आवश्यक : सभामुख

नेपालगन्ज । लुम्बिनी प्रदेश सभा सचिवालयको आयोजनामा आज बाँकेको नेपालगन्जमा जारी लुम्बिनी प्रदेश सभा र स्थानीय तहबिच कानुन निर्माण तथा सभा संचालन सम्बन्धि अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्नुहुँदै सभामुख तुलाराम घर्तीमगरले स्थानीय तह कानुन निर्माणमा समेत अब्बल नहुदा सम्म सेवा प्रबाहमा चुस्तता नआउने बताउनु भयो । उहाँले स्थानीय तह र प्रदेश सभा बिच कानुन निर्माणमा सहकार्य जरुरी रहेको बताउनु हुँदै कानुन निर्माणमा मात्र नभइ कार्यान्वयनमा पनि जोड दिनु पर्ने बताउनु भयो । प्रदेस सभा सदस्य माननीय रत्न बहादुर खत्रीले स्थानीय तह जनताप्रती अझै जिम्मेवारीका साथ आउन जरुरी रहेको बताउनु हुँदै कार्य सम्पादनमा साझा चरीत्र देखाउनुपर्नेमा जोड दिनु भयो । अन्तरकृयामा कार्यक्रमको नेपालगन्ज उप महानगरपालिकाका प्रमुख उप प्रमुख सहित नगर सभाका सदस्यहरु, जानकि र डुडुवा गाउँपालिकाका जनप्रतिनिधीहरुको सहभागीता रहेको थियो । त्यसै गरि ती पालिकाहरुका प्रमुख प्रशासकिय अधिकृतहरुले पालिकाका कानुन निर्माण र कार्यान्वयनको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । अधिकृत अशोक ढुङ्गानाको संचालनमा भएको कार्यक्रममा प्रदेश सभा सचिव दुर्लभ कुमार पुनले प्रदेश सभाको काम कर्तव्य र अधिकार तथा अहिले सम्म तयार गरेको एन कानुनको अवस्थाको विषयमा प्रस्तुति राख्नु भयो । साथै कार्य ब्यवस्था महाशाखा प्रमुख सम्झना सुबेदीले गाउँ नगर सभा संचालन सम्बन्धि सहजीकरण गर्नु भयो ।

You might also like
Leave A Reply

Your email address will not be published.