Nepali News Portal

दीप बोर्डिङमा प्रविधिमैत्री परीक्षाको प्रयोग

बुटवल । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलले प्रविधिमैत्री परीक्षाको प्रयोग गरेको छ । विद्यार्थीहरूलाई सैद्धान्तिक र व्यावहारिक रूपमा कम्प्युटर विषय पढाइरहेको सन्दर्भमा विद्यालयले प्रथम त्रैमासिक परीक्षाअन्तर्गत कक्षा ९ का विद्यार्थीहरूको कम्प्युटर विषयको परीक्षा पेपरलेस अर्र्थात् निश्चित समयभित्र शिक्षकको निगरानीमा विद्यार्थीहरूलाई कम्प्युटरमै प्रश्नको उत्तर दिन लगाई प्रविधिमैत्री परीक्षा सञ्चालन गरेको हो ।
प्रविधिमैत्री परीक्षामा विद्यार्थीहरूलाई वस्तुगत र विषयगत गरी दुई प्रकारका प्रश्न सोधिएको थियो भने विद्यार्थीहरूलाई विद्यालयका चारओटा कम्प्युटर ल्याबमा राखेर परीक्षा सञ्चालन गरिएको थियो । उक्त परीक्षामा आफ्नो ल्याबटप हुने विद्यार्थीहरूले आफ्नै ल्याबटपबाट र अन्य विद्यार्थीहरूले विद्यालयले उपलब्ध गराएको कम्प्युटरबाट परीक्षा दिएका थिए । विद्यालयले परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन परीक्षा हलमा सुपेरीवेक्षकसहितसिसी क्यामेराबाट समेत निगरानी गरेको थियो ।
विद्यार्थीहरूलाई व्यावहारोपयोगी र वास्तविक प्रविधिमैत्री बनाउन पेपरलेस अर्थात् उत्तरपुस्तिकाबिना प्रविधिमैत्री परीक्षा सञ्चालन गरेको विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले जानकारी दिए । उनले प्रविधिसँग सम्बन्धित विषयको परीक्षा सबै शैक्षिक संस्थाहरूले प्रविधिमैत्री ढङ्गले सञ्चालन गरेमा विद्यार्थीहरूमा व्यावहारिक सिप र प्रविधिमैत्री कार्यकुशलता वृद्धि हुने बताए ।
प्रविधिमैत्री परीक्षा सजिलो, कम खर्चिलो र परिणाममुखी हुने कम्प्युटर विषय प्रमुख एकराज गुरागाईंले बताए । परीक्षामा कक्षा ९ का १५० जना विद्यार्थीहरू सहभागी भएका थिए ।

You might also like
Leave A Reply

Your email address will not be published.