Nepali News Portal

इनरव्हील क्लब अफ बुटवल जितगढिमा पद हस्तान्तरण

बुटवल  । इनरव्हील क्लब अफ बुटवल जितगढिको पद हस्तान्तरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । बर्ष २०२३-२४ को लागी निर्बाचित अध्यक्ष दुर्गा आचार्यको नयाँ कार्य समितीलाई बर्ष २०२२-२३का अध्यक्ष गिता शर्माले पद हस्तान्तरण गरेकी हुन ।…

माओवादी बैठक: केन्द्रीय सदस्यबाहेक ३ सय ७३ जना सहभागी हुदै

काठमाडौँ । बुधबारदेखि सुरु हुने नेकपा(माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा सात सय ५८ जना सहभागी हुने भएका छन् । काठमाडौँस्थित प्रज्ञाभवन कमलादीमा बिहान ११ बजे बस्ने बैठकमा केन्द्रीय समिति, केन्द्रीय विभाग र प्रदेश पदाधिकारी सहभागी…

सभामुख घर्तीमगरद्धारा बाढी–पहिरो र खोला कटानको निरिक्षण

बुटवल । बाढीपहिरो र खोलाको कटानले क्षती पु¥एको तिनाउ गाउँपालिका–१, कचल र २ को दोभानमा लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मंगलवार स्थलगत निरिक्षण गरेका छन । दोभान र कचलका विभिन्न स्थानमा दोभान खोलामा आएको बाढीले धान खेत कटान…

बुटवलमा सरसफाइ तथा वृक्षरोपण अभियान

बुटवल । बुटवलमा सरसफाइ तथा वृक्षरोपण अभियान शुरु भएको छ । साउन १५ गते सोमबारदेखि ४५ दिनसम्म चल्ने अभियानको बुटवल योगीकुटीमा वृक्षरोपण र सरसफाइ गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरे । अभियान अन्तरगत मुख्य सडकका…

घाँस काट्ने क्रममा पहिरोमा परेर २ जनाको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिममा घाँस काट्ने क्रममा टेकेको ठाउँ भासिएर पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुई जनाको पहिरो खस्दा मृत्यु भएको हो । पहिरोमा परी एक जना…

प्रधानमन्त्रीद्धारा रोकिएका कानुन छिटो अघि बढाउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माण हुन बाँकी कानुनहरु यथाशीघ्र अगाडि बढाउन निर्देशन दिएका छन् । आइतबार मुख्य सचिवसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरुसँग भएको बैठका उनले अघि बढेर पनि मन्त्रिपरिषदका…

बम विस्फोट हुँदा २० जनाको मृत्यु

पाकिस्तान । पाकिस्तानमा बम विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् । खैबर पख्तुनख्वाको बाजौर जिल्लाको खार तहसीलमा जमियत उलेमा इस्लाम९फजलको सम्मेलनस्थलमा बम विस्फोट भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । खार…

प्रेस चौतारीद्धारा पत्रकार महासंघ रुपन्देहीको कार्यालयमा ताला

बुटवल । प्रेस चौतारीले पत्रकार महासंघ रुपन्देहीको कार्यालयमा ताला लगाएका छ । पत्रकार महासंघले नयाँ सदस्यको सम्बन्धमा गरेको निर्णयमा असहमति जनाउँदै चौतारीले आइतबार महासंघको कार्यालयमा तालाबन्दी गरेको हो । महासंघको साउन ६ गते बसेको बैठकले…

भ्रष्टाचारमा संलग्न कसैलाई पनि उम्कन दिनु हुदैन : पौडेल

बुटवल । नेपाली कांग्रेसका कांग्रेस केन्द्रिय सदस्य युवा नेता प्रदीप पौडेलले भ्रष्टाचारमा संलग्न कसैलाई पनि उम्कन दिन नहुने बताएका छन । उनले भ्रष्टाचार निवारणको लागि कांग्रेसले सहयोगी भूमिका खेलेको पनि बताए । नेपाल प्रेस युनियन…

कोरियन भाषा परीक्षाका लागि खुल्यो आवेदन

काठमाडौँ । इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । आज सूचना जारी गर्दै पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिने शाखाले जनाइएको छ। नेपाल सरकार,…